टोकियो,२६ माघ । जापानमा जनसंख्या बिर्द्वदर घटिरहेको अवस्था र जापानको कम्पनीहरूमा कामदारको अभाव भैरहेको भएता पनि कामदारमा भाषाको अज्ञानताले काम नपाउनु जापानको जल्दोबल्दो समस्या हो । उत्त समस्या लाई मध्यनजर गर्दै रोयल एजुकेसन सेन्टरले विश्ववबजारमा सफलरुपमा सञ्चालन् भइरहेको जीएनके (ग्लोबल निहोन्गो केन्ताइ) नामक जापानिज भाषा परीक्षा केन्द्रलाइ नेपाल भित्र्याएको हो ।
चिन, भारत, भियतनाम, इन्डोनेसिया लगाएतका एसियन मुलुक तथा युरोप तथा अमेरिकन मुलुकहरुमा सञ्चालन् भइरहेको जापानिज भाषा परीक्षा केन्द्र जीएनकेले आफ्नो देशको घट्दो जनसंख्या बृद्विदरका कारण कम्पनीहरुमा देखिएको दक्ष जनशक्तिको अभावलाइ विदेशबाट नै भाषाको दक्षता प्रदान गरि वजारमाग पुरा गर्न तथा आफ्नो संस्कृतिलाइ बिस्वभर चिनाउन जीएनके सञ्चालनमा ल्याइएको प्रमुख हान्दा जेंजो बताए ।
जापान सरकारको पुर्व परराष्टॄ मन्त्री भइसकेका तथा हालका सिनेट सदश्य इसीइ इचिजी एसका प्रमुख बेवस्थापक हून । पछिल्लो समय नेपाली बिध्यार्थीहरु जापान आउनेक्रम बढीरहेको र भाषाको अज्ञानताले उत्पन्न हुँदैआएको जापान बसाईका कठिनाई तथा त्यसले उत्पन्न गराउने आत्महत्या सम्मका समस्यालाई जीएनकेले केहिहद सम्म हल गर्ने जीएनकेका नेपाल सञ्चालक रोयल का प्रमुख दिनेश कुमार शाही बताए । बर्षमा ४ पटक सञ्चालन् हुने जीएनके तेस्त परीक्षा नेपालका लागी यही बर्षको में महिनाबाट सञ्चालनमा आउने रोयल का इन्तेर्न्याश्नल अफ्फैर चिएफ गणेश विष्टले बताए । जापानीज बजारमा भाषामा दक्ष नेपाली विध्यार्थी पठाउन जीएनके सक्षम् रहने बिस्वास् रहेको रोयल एजुकेसन सेन्टर का म्यानेजर शुरेस घिमिरे बताए ।