बी एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन दिन केयूको सिफारिश

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)ले झापाको बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिन चिकित्सा शिक्षा आयोगलाई सिफारिश गरेको छ।शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको दबाबमा केयूको ८९ औं बैठकले सम्बन्धन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको थियो । त्यसअनुसार विश्वविद्यालयको विज्ञ सम्मिलित टोलीले वैशाख २२ देखि २६ गतेस्म्म कलेजको निरीक्षण गरेको थियो।
३१ वैशाखमा बसेको केयू कार्यकारी परिषदको ६२५ औं बैठकले निरीक्षण प्रतिवेदनका आधाारमा चिकित्सा शिक्षा ऐनको दफा १३(६) अनुसार सम्बन्धनका लागि सहमति दिने र सीट संख्यासहित स्वीकृतिका लागि आयोगमा पठाउने निर्णय गरेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: