शुक्रबार, चैत १६, २०८०

जर्मन कप: बोरुसिया डर्टमण्डले जित्यो उपाधि

काठमाडौं । जाडोन सान्चो र एर्लिङ हाल्याण्डको उत्कृष्ट प्रदर्शनमा बोरुसिया डर्टमण्डले जर्मन कप फुटबलको उपाधि जितेको छ। बिहीबार राति भएको फाइनलमा आरबी लाइपजिगलाई ४-१ ले पराजित गर्दै डर्टमण्ड च्याम्पियन बनेको हो।बर्लिनमा भएको फाइनलमा डर्टमण्डका लागि जाडोन सान्चो र इर्लिङ हालाण्डले दुई-दुई गोल गरे । लाइपजिगका डानिएल ओल्मोले एक गोल फर्काए ।सान्चोले खेलको पाँचौं मिनेट र पहिलो हाफको इन्जुरी टाइममा गोल गरे। यस्तै हाल्याण्डले २८औं र ८७औं मिनेटमा गोल गरे । लाइपजिगका लागि ७१ औं मिनेटमा ओल्मोले गोल गरे।डर्टमण्डले पाँचौ पटक जर्मन कपको उपाधि जितेको हो । सन् १९६५ मा पहिलो उपाधि जितेको डर्टमण्डले पछिल्लो पटक २०१७ मा उपाधि जितेको थियो ।डर्टमण्ड सर्वाधिक जर्मन कप जित्नेमा साल्का ओफोर र एनट्राट फ्रांकफर्टसंगै स्युक्त रुपमा तेस्रो स्थानमा छ।बायर्न म्युनिखले सरवाधिक २० पटक जर्मन कप जितेको छ । वेडर ब्रेमेनले ६ पटक जितेको छ ।