शुक्रबार, बैशाख १४, २०८१

 स्पेनिस ला लिगामा रियाल मड्रिड र भियारियाल विजयी

स्पेनिस लिग फुटबलमा गएराति रियाल मड्रिड र भियारियाल विजयी भएका छन् ।

उपाधि होडमा रहेको रियाल मड्रिडले ग्रानाडालाई उसैको मैदानमा ४–१ ले हरायो । रियालको जितमा लुका मोड्रिच, रोड्रिगो, करिम बेन्जमा र ओड्रियोजोलाले एक एक गोल गरे ।

जितसँगै रियाल मड्रिडले ला लिगा फुटबलको उपाधि संभावना जिवित राखेको छ । जारी लिगमा दुई खेल बाँकी छँदा रियाल मड्रिडको ७८ अंक छ । ८० अंक जोडेको एथ्लेटिको मड्रिड शिर्ष स्थानमा छ भने तेस्रो स्थानको बार्सिलोनाको ७६ अंक छ ।

ला लिगामै गएराति भएको अर्को खेलमा भियारियालले रियाल भालाडोलिडलाई २–० ले हराउँदा आइबार र रियाल बेटिसले १–१ गोलको बराबरी खेलेका छन् ।