इटालियन सिरी एमा युभेन्टसको लज्जास्पद हार

इटालियन सिरी एमा युभेन्टसले लज्जास्पद हार बेहोरेको छ । गएराति भएको खेलमा युभन्ेटस आफ्नै घरेलु मैदानमा एसी मिलानसँग ३-० गोल अन्तरले पराजित भएको हो ।पाहुँना टोली युभेन्टसलाई सानदार जित दिलाउनको लागि ब्राहिम डियाज, आन्टे रेबिच र फिकायो टोमोरी गोल गरे । मिलानले एक गोल पहिलो हाफमा गरेको थियो भने दुई गोल दोस्रो हाफमा गरेको थियो ।

मिडफिल्डर ब्राहिम डियाजले पहिलो हाफको इन्ज्युरी समयमा गोल गर्दै मिलानलाई अग्रता दिलाए । खेलको ७८ औं मिनेटमा आन्टे रेबिचले दर्शनीय गोल गर्दै मिलानको अग्रता दोब्बर पारे ।

त्यक्सो तीन मिनेटपछि नै मिलानले ३-० को अग्रता लियो । हाकान चाल्हानोग्लुले लिएको लामो फ्रिकिकलाई फिकायो टोमोरीले हेडरमार्फत गोल गर्दै एसी मिलानलाई सानदार जित दिलाए ।

यस हारसँगै युभेन्टस अंक तालिकाको पाँचौ स्थानमा झरेको छ । मिलान तेस्रो स्थानमा उक्लिएको छ । मिलान र दोस्रो स्थानमा रहेको एटलान्टासँग समान ३५ खेलमा ७२ अंक रहेको छ । चौथो स्थानको नेपोलीको ३५ खेलमा ७० तथा पाँचौ स्थानको युभेन्टसको ३५ खेलमा ६९ अंक छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: