रियल म्याड्रिड र सेभियाको खेल पनि बराबरी

रियल म्याड्रिड आइतबार स्पेनी ला लिगाको शीर्ष स्थानमा उक्लिन चुकेको छ । सेभियाले उसलाई २–२ को बराबरीमा रोक्यो । रियलका लागि एडेन हेजोर्डले इन्ज्युरी समयको चौथो मिनेटमा बराबरी गोल फर्काए ।यो नतिजापछि रियल ७५ अंकमा दोस्रो स्थानमा रह्यो । समान अंकमा बार्सिलोना दोस्रो स्थानमा छ । एटलेटिको म्याड्रिड भने ७७ अंकमा शीर्ष स्थानमा कायम रह्यो ।

लिगमा अब तीन चरणका खेल मात्र बाँकी छन् । यसअघि बार्सिलोना र एटलेटिकोले पनि बराबरी खेलेको थियो र रियललाई माथि उक्लिन अवसर प्राप्त भएको थियो । तर रियलले यसको पाइदा उठाउन सकेन ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: