बुधबार, असोज ०२, २०८१

आगामी मंसिरभित्र तीन तहकै चुनाव गर्ने योजना छ : प्रम प्रचण्ड

काठमाडौं,२२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी हारेपनि चुनाव गराएरै छाड्ने दाबी गरेका छन् । साथै आगामी मंसिरभित्रै तीन वटै चुनाव गर्ने र  चुनावमा भोटिङ मेसिन प्रयोगका लागि आफू सकारात्मक रहेको बताउनु भएको छ  ।
शनिबार साँझ नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’मा उपस्थित प्रचण्डले प्रमुख विपक्षी दलले सरकार चुनाव गराउन गम्भीर नभएको आरोप लगाइरहेका बेला प्रधानमन्त्रीले भने आगामी मंसिरभित्रै तीन वटै चुनाव गर्ने योजना सुनाउनु भयो  । टेलिभिजनको उक्त कार्यक्रममा  कुरा गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘जितिन्छ कि हारिन्छ भनेर चिन्ता लिएको छैन । मेरो पार्टीले हार्न पनि सन्छ । तर, देशले जित्छ ।’

सातै उनले भोटिङ मेसिन प्रयोगबाट गृहकार्य गर्न निर्वाचन आयोगलाई आफूले भनिसकेको बताए । यसबारे छलफल गर्न आफूले २५ गते सर्वदलीय बैठक बोलाउन र भोटिङ मेसिन संचालन गर्ने आयोगलाई भनेको प्रधानमन्त्री प्रचण्डले बताउनु भयो ।

देश विखण्डन गर्छु भन्नेहरुलाई छुटकार दिन सकिन्न 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देश विखण्डन गर्छु भन्ने सीके राउतविरुद्ध जुनसुकै हदसम्म जान पनि सरकार तयार रहेको बताएका छन् । साथै उनले राउतलाई खुलेआम गतिविधि गर्नु विगतको सरकारको गल्ती भएको बताएका छन् । शनिबार साँझ नेपाल टेलिभिजनको कार्यक्रम ‘सिधा कुरा प्रधानमन्त्रीसँग’मा उपस्थित प्रचण्डले सरकारले हल्ला रुपमा कदम (सीके राउतलाई पक्राउ गर्ने) नचालेको बताए । उनले भने, खुलेआम देश टुक्राउँछु भन्नेलाई पनि छुट हुँदै सक्दैन ।’

स्वतन्त्रताको नाममा देशको सार्वभौमसत्ता, अखण्डताविरुद्ध खुलेआम गतिविधि गर्न दिनु विगतको सरकारको कमजोरी भएको उनले बताए । उनले भने, ‘कुनै पनि सर्तमा देशलाई विखण्डन गर्छु भन्नेप्रति नरम हुन सकिँदैन । सरकार जुनसुकै हदमा जान तयार छ ।’