बार्सिलोना र एट्लेटिकोबीच खेल बराबरी

स्पेनी ला लिगामा बार्सिलोना र एट्लेटिको म्याड्रिडबीचको बहुप्रतीक्षित खेल शनिबार गोलरहित बराबरीमा टुंगेको छ । यो नतिजापछि बार्सिलोनाले एट्लेटिकोलाई उछिनेर शीर्ष स्थान कब्जा गर्ने अवसर गुमाएको छ ।एट्लेटिको ७७ अंकसहित शीर्ष स्थानमा छ भने बार्सिलोना दुई अंकको दूरीमा दोस्रोमा छ । एक खेल कम खेलेको रियल म्याड्रिड ७४ अंकसाथ तेस्रो स्थानमा छ ।अब रियलले लिग उपाधिका लागि आफ्नो बलियो चुनौती पेस गर्न सक्नेछ । रियलले आइतबार सेभियाको सामना गर्नेछ र जितसँगै शीर्ष स्थान कब्जा गर्न सक्नेछ ।

डेपोर्टिभो एलाभेस र लेभान्टेले शनिबार नै २–२ को बराबरी खेले । यसअघि रियल सोसिडाडले एल्चेलाई २–० ले पराजित गर्‍यो । सोसिडाडले भने यो जितपछि पाँचौं स्थानमा उक्लेर अर्को सिजन युरोपमा खेल्ने सम्भावना कायम राख्यो ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: