काठमाडौं,२२ माघ । प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सरकार विभिन्न बहाना बनाएर निर्वाचन टार्न लागेको आरोप लगाउदै निर्वाचन गनै नसके सरकारको कुनै अर्थ नहुने बताउनु भएको छ ।
प्रेस चौतारी नेपालको १९ औं वाषिर्कउत्सव कार्यक्रममा एमाले नेता नेपालले एक वर्षभित्र निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय दायित्व पुरा नगर्ने हो भने पुष्पकमल दाहाल प्रचण्ड सरकारको कुनै अर्थ नहुने भन्दै तत्काल निर्वाचनको मिति घोषणा गरेर अघि बढन पनि सुझाव दिनुभएको छ ।
एक वर्ष भित्र तीन वटै तहको निर्वाचन सम्पन्न नभए मुलुक गम्भिर दुर्घटनामा फस्ने उनको चेतावनी छ । नेता नेपालले निर्वाचन सम्पन्न गराउन सरकारलाई सबै खालको सहयोग गर्न एमाले तयार रहेको बताउनु भयो ।