मङ्गलबार, बैशाख ०४, २०८१

म्यानचेष्टर र भिल्लारियल युरोपा लिगको फाइनलमा

म्यानचेष्टर युनाइटेड रोमालाई पराजित गर्दै युईएफए युरोपा लिगको फाइनलमा प्रवेश गरेको छ । त्यसैगरी स्पेनिस क्लब भिल्लारियल आर्सनललाई पराजित गर्दै फाइनलमा पुगेको छ ।

आज बिहान सम्पन्न दुइवटा सेमिफाइनल खेलहरुमा यी दुई टिमले फाइनलको यात्रा तय गरेका हुन् । रोमाले आफ्नो घरेलु मैदानमा सेमिफाइनलको दोस्रो लेगमा ३-२ गोल अन्तरले युनाइटेडलाई पछि पारेपनि समग्रमा दुई लेगमा ५-८ गोलको अन्तरले युनाइटेड फाइनलमा पुगेको हो ।

त्यसैगरी आजै सम्पन्न दोस्रो सेमिफाइनलमा इङ्लिस क्लब आर्सनल आफ्नै घरेलु मैदानमा स्पेनिस क्लब भिल्लारियलसँग गोल रहित बराबरीमा रोकिएको थियो । यो बराबरीसँगै समग्रमा दुई लेगबाट आर्सनल १-२ गोलले पछि परेपछि भिल्लारियलले फाइनलको यात्रा तय गरेको हो । आर्सनललाई कम्तीमा पनि दुई गोलको अग्रता आवश्यकता थियो । तर भिल्लारियलले त्यो पूरा हुन दिएन ।

अब आउँदो मे २६ तारिखका दिन म्यानचेष्टर युनाइटेड र भिल्लारियल युईएफए युरोपा लिगको फाइनल खेलका लागि पोल्याण्डमा आमनेसामने गर्दैछन् ।