शुक्रबार, चैत १६, २०८०

रियललाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको फाइनलमा

इङ्ग्लिस क्लब चेल्सी च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।  गएराति सेमिफाइनलको दोस्रो लेगमा स्पेसिन क्लब रियल मड्रिडलाई २–० गोलअन्तरले हराउदै चेल्सीले समग्रमा ३–१ को नजितासहित फाईनलमा स्थान बनाएको हो ।

चेल्सीको मैदान स्टाम्फोर्ड ब्रिजमा घरेलु टिमको जितमा टिमो वेर्नर र मासोन माउन्टले समान एक–एक गोल गरे । खेलको २८औँ मिनेटमा वेर्नरले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाएका थिए । ८५औँ मिनेटमा माउन्टले गोल गर्दै चेल्सीलाई २–० गोलको जित दिलाए ।

अब चेल्सीले उपाधिका लागि इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीसँग खेल्नेछ । सिटी पहिलो पटक युरोपको सर्वाधिक ठूलो फुबटल प्रतियोगिता च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ ।

मङ्गलबार राति भएको फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)विरुद्धको दोस्रो लेगको खेलमा २–० गोल र समग्रमा ४–१ को नतिजासहित सिटी फाइनल पुगेको हो ।