शुक्रबार, बैशाख ०७, २०८१

सरकार र मोर्चाविच विधेयकलाई परिर्माजन गरि अघि बढाउने

काठमाडौं,२१ माघ । प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई बोलाएर चुनावमा भाग लिन आग्रह गर्दै सरकार र मधेसी मोर्चा संविधान संशोधन विधेयकलाई परिर्माजनसहित अघि बढाउन सहमत पार्न सफल भएका छन् ।
शनिवार बसेको दुईपक्षिय बैठकले सो कुराको सहमत गरेको हो । प्रधानमन्त्रीले संविधान संशोधन प्रस्ताव र निर्वाचनको तयारी सँगसँगै अघि बढाउने प्रतिवद्धता जनाएको उनका राजनीतिक सल्लाहकार चक्रपाणि खनालले जानकारी दिए तर, मधेसी मोर्चाका नेताहरुले संविधान संशोधन विधेयक पास नभएसम्म चुनावमा नजाने बताएका छन् । ‘हामी चुनाव विरोधी त होइनौं । तर, संविधान संशोधन परिमार्जनसहित पास नभएसम्म चुनावमा जाँदैनौं भनेका छौं, फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले भने बैठकमा संविधान संशोधन विधेयकमा गर्ने भनिएको परिर्माजनबारे सहमति खोज्ने र प्रक्रिया अघि बढाउने समझदारी भएको छ ।
यसको गृहृकार्यका लागि तीन पक्षको एक एक सदस्य रहने कार्यदल यसअघि नै बनेको छ ।