बुधबार, असोज ०२, २०८१

ट्रम्प विरोधी अभियानका लागि ट्विटरको १० करोड सहयोग

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरोधी अभियानका लागि सामाजिक सञ्जाल ट्विटरका कर्मचारीहरुले अमेरिकन सिविल लिबर्टीज यूनियन (एसीएलयू) लाई १० लाख डलर (करिब १० करोड रुपैयाँ) दान दिएका छन् ।

एसीएलयूले ट्रम्पको विवादास्पद कार्यकारी आदेशविरुद्ध अदालतमा रिट दायर गरेको छ ।

गत हप्ता ट्रम्पले कार्यकारी आदेश जारी गर्दै सिरियाली आप्रवासीलाई अमेरिका आउन तथा सात मुस्लिम देशका नागरिकलाई भिसा जारी गर्न अस्थायी रुपमा रोक लगाएका थिए ।

एसीएलयूका अनुसार पछिल्ला केही दिनमा उसलाई अनलाइनमा दुई करोड ४० लाख डलर दान प्राप्त भएको छ । यसअघि अगाडि ट्याक्सी चलाउने कम्पनी लिफ्टले चार वर्षमा एसीएलयूलाई १० लाख डलर दिने घोषणा गरेको थियो । विज्ञान-प्रविधिसम्वन्धी वेबसाइट टेकक्रन्चका अनुसार ट्विटरका एक हजार कर्मचारीले दान दिनका लागि ५ लाख डलरको धनराशी जुटाएका थिए । यसमा कम्पनीका मुख्य कार्यकारी अधिकारी ज्याक डरसी र कार्यकारी अध्यक्ष ओमिद कोर्देस्तानीले सोही बराबरको धनराशी थपेका थिए ।

टेकक्रन्चसँग ट्विटरका कर्मचारीहरुले पठाएको एउटा इमेल छ, जसको बारेमा वकिल विजया गादेले भनेका छन्, ‘हाम्रो काम अहिल्यै पूरा भएको छैन । आगामी महिनाहरुमा हामीले थुप्रै कानूनी लडाई, झट्का र घोषणाहरु देख्नेछौं । जब मानिसको स्वतन्त्रता खोसिन्छ, हामी जुरुक्क उठ्छौं र मानिसहरुलाई साथ दिन्छौं ।’

ब्लुमबर्गका छापिएको एउटा समाचारअनुसार अमेरिकाका थुप्रै प्रविधि कम्पनीहरु ट्रम्पलाई एउटा खुलापत्र लेख्ने तयारी गरिरहेका छन्, जसमा उनको कार्यकारी आदेशकाप्रति चिन्ता व्यक्त गरिएको हुनेछ र यसलाई सच्याउन आग्रह गरिनेछ ।

यही बीचमा म्यासेजिङ एप बेबेरले ट्रम्पको आदेशबाट प्रभावित देशहरु इराक, इरान, लीबिया, सोमालिया, सूडान र यमनका लागि निःशुल्क अन्तर्राष्ट्रिय फोन कल सुविधाको घोषणा गरेका थिए । एजेन्सी