ईङलिश प्रिमियर लिगमा फुल्ह्यामविरुद्ध चेल्सीको जित

ईङलिश प्रिमियर लिग फुटबलका पछिल्ला खेलमा चेल्सी, ब्राईटन एण्ड होभ एलिबयन र एष्टनभिल्ला विजयी भएका छन् ।

फुल्ह्यामलाई २–० ले हराउदै चेल्सी चौथो स्थानमा बलियो बनेको हो । यो हारले फुल्ह्यामलाई रेलिगेशनमा पार्ने संभावना बढाएको छ । चेल्सीलाई जिताउन दुबै गोल केई हाभर्टजले गरे । १० औ मिनेटमा पहिलो गोल गरेका उनले ४९ औ मिनेटमा अर्को गोल थपेका थिए ।

खेलबाट ६१ अंकसहित चेल्सी चौथो स्थानमा कायम छ । लिड्स युनाईटेडलाई समान २–० गोलअन्तरले हराएको ब्राईटन ३७ अंकमा १४ औ स्थानमा उक्लिएको छ । एष्टन भिल्लाले एभर्टनलाई २–१ गोल अन्तरले स्तब्ध पार्यो । यो जितले एष्टनभिल्लालाई ४८ अंकसहित तालिकाको नवौ स्थानमा पुर्याएको छ ।

प्रिमियर लिगमा म्यानचेष्टर सिटी उपाधि नजिक पुगेको छ । ३४ औ चरणको खेलमा सिटीले क्रिष्टल प्यालेसलाई २–० ले हराउदै उपाधियात्रा सहज बनाएको हो । दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड आजको खेलमा लिभरपुलसंग पराजित भए सिटीले ४ खेल अगावै उपाधि हात पार्नेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: