बुधबार, बैशाख १२, २०८१

आईलागे मुठ्ठिमा दही जमाएर बसिन्न : अध्यक्ष पहारी

धनगढी,२० माघ । युवा संघ नेपालका अध्यक्ष राजिव पहारीले युवा संघ नेपालका नेता कार्यकर्ता माथी आक्रमण भइरहेको र पुलिस प्रशासन मुकदर्शक भएको भन्दै देशब्यापी रुपमा  प्रतिकारमा उत्रन कार्यकर्ताहरुलाई आव्हान गर्नु भएको छ ।
युवा संघ नेपाल धनगढी महानगरपालिकाको ९ औ अधिबेशनको उद्घाटन गर्दै अध्यक्ष पहारीले सो आह्वान गर्दै आफ़नो नेता कार्यकर्ता माथी एक पछी अर्को आक्रमण भएको भन्दै प्रतिकारमा उतृन अपील गर्नु भयो । चौतर्फी जनता एमाले मय भएपछी नजिकिदो स्थानिय निकायमा नेकपा एमालेले ९० प्रतिशत स्थानमा जित्ने निश्चितै रहेको अवस्थामा एमालेलाई कमजोर बनाउन एकपछी अर्को गर्दै
आक्रमण भएको बताउनु भयो । दुर्गा तिवारीको हत्याराहरु अझै नपक्रने तर धरान नगर अध्यक्ष दिवस राई माथी पुन आक्रमण पछी संघ मुठ्ठिमा दही जमाएर बस्दैन सोच्न बाध्य भएको बताउनु भयो । अर्को प्रसङ्गमा अध्यक्ष पहारीले संविधान संशोधन हिन्दी भाषालाई रास्ट्र भाषा बनाउन,बिदेशीलाई प्रमुखपदहरुमा पुर्याउन र देश टुक्र्याउन हुन नसक्ने र बिदेशीको ईशारामा चल्ने कथित मधेसी मोर्चाका माग सफल हुन नसक्ने जिकिर गर्नु भयो ।