कुशल भुर्तेल टी-२० वरीयताको ६१ औं स्थानमा

 काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आईसीसी टी-२० वरीयतामा ३२ स्थान सुधार गर्दै ६१ औं स्थानमा आइपुगेका छन् ।

आईसीसीले बुधबार अपडेट गरेको नयाँ वरीयता अनुसार ब्याट्सम्यानतर्फ भुर्तेल ६१ औं स्थानमा आइपुगेका हुन् । यसअघि उनी पहिलो पटक शीर्ष सयमा समावेश हुँदा ९३ औं स्थानमा थिए । काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका ओपनर कुशल भुर्तेलले आईसीसी टी-२० वरीयतामा ३२ स्थान सुधार गर्दै ६१ औं स्थानमा आइपुगेका छन् ।

आईसीसीले बुधबार अपडेट गरेको नयाँ वरीयता अनुसार ब्याट्सम्यानतर्फ भुर्तेल ६१ औं स्थानमा आइपुगेका हुन् । यसअघि उनी पहिलो पटक शीर्ष सयमा समावेश हुँदा ९३ औं स्थानमा थिए ।भुर्तेलले लगातार तीन खेलमा अर्धशतक प्रहार गर्दे कीर्तिमान बनाउनुका साथै एकै सिरिजको ५ खेलमा चार अर्धशतक प्रहार गरेका थिए ।नेपालका कप्तान ज्ञानेन्द्र मल्ल ९४ औं स्थानमा छन् । यस्तै नेपालका उपकप्तान दीपेन्द्र सिंह ऐरी ५६ स्थान सुधार गर्दै १०८ औं स्थानमा उक्लिएका छन् ।

त्रिकोणात्मक सिरिज नखेलेका पारस खड्का भने ८३ औं स्थानबाट ८८ औं स्थानमा झरेका छन् । बलिङतर्फ नेपाली लेग स्पीनर सन्दीप लमिछाने ७७ औं स्थानमै यथावत छन् । त्रिकोणात्मक सिरिजमा सन्दीपले सर्वाधिक १३ विकेट लिएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: