थप ४८९७ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा थप ४ हजार ८९७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । बुधबार १३ हजार ८७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४ हजार ७७४ र १२३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौँ उपत्यकामा मात्रै बुधबार थप २ हजार ४७ जनामा संक्रमण पुष्टि भएको छ । भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १४६४ जना संक्रमित थपिएका हुन् । योसँग नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २०९ पुगेको छ । जसमध्ये २ हजार ३६४ जना संस्थागत आइसोलेसनमा र २७ हजार ८४५ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । यस्तै, पछिल्लो २४ घण्टामा सात सय ७३ जना कोरोना सङ्क्रमित निको भएका छन् ।

नेपालमा कोभिड १९ का कारण गत २४ घण्टामा १७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३,२११ पुगेको छ। हाल नेपालमा पाँच सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाहरू १२ वटा रहेका छन् । थप १० जिल्लामा २०० भन्दा बढी सक्रिय सङ्क्रमितहरू रहेका छन्।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: