शुक्रबार, बैशाख १४, २०८१

नेपाल एयरलाईन्सको टिकट अब क्युआर कोडबाटै रकम भुक्तानी गर्न मिल्ने

काठमाडौं । नेपाल वायुसेवा निगम अन्र्तगत नेपाल एयरलाईन्सको टिकटका लागि अब क्युआर कोडबाटै रकम भुक्तानी गर्न मिल्ने भएको छ । निगम र नेपाल बैंकको सहकार्यमा टिकटको डिजिटल भुक्तानी क्युआर स्क्यान प्रणाली सोमबारदेखि प्रारम्भ गरेको हो ।

निगमका महाप्रवन्धक डिमप्रसाद पौडेल र बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले संयुक्त रूपमा क्युआर कोडको सुुरुवात गरेका हुन् । निगमका महाप्रवन्धक पौडेलले बदलिँदो परिवेशमा डिजिटल भुक्तानीको महत्व झन बढ्दै गएको जनाउँदै यसका अतिरिक्त निगमले आगामी दिनमा थप अत्याधुनिक सेवाहरू जोड्दै जाने कुरा बताउनु भयो ।
नेपालको पहिलो बैंकसँग पहिलो वायुसेवा कम्पनी भुक्तानी प्रणालिमा जोडिन पाएकोमा खुसी व्यक्त गर्दै यसबाट दुर्गम र गाँउ–गाउँबाट टिकट काट्न र भुक्तानी गर्न सहज हुने पौडेलको भनाई छ ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले निगमको वित्तीय कारोबारमा आफ्नो सहभागिता सहित नयाँ प्रविधि व्यवस्थित गर्ने अवसर पाएकोमा प्रसन्नता व्यक्त गर्नुभयो ।