शनिबार, बैशाख ०८, २०८१

स्पेनिस लिगमा मड्रिड र बार्सिलोना विजयी

स्पेनिस लिग फुटबलमा गएराति एथ्लेटिको मड्रिड र बार्सिलोना विजयी भएका छन् ।

तालिकाको शिर्ष स्थानमा फर्कीनेक्रममा एथ्लेटिको मड्रिडले हुएस्कालाई २–० ले हरायो । एथ्लेटिकोको जितमा एन्जल कोरिया र यानिक कारास्कोले एक एक गोल गरे ।

जितपछि एथ्लेटिको मड्रिड ३२ खेलबाट ७३ अंक जोड्दै लिग तालिकाको शिर्ष स्थानमा फर्किएको छ । समान खेलबाट ७२ अंक जोडेको रियाल मड्रिड दोस्रो स्थानमा छ । ३१ खेलबाट ६८ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा रहेको छ । बार्साले गएराति गेटाफेलाई ५–२ ले पराजित ग¥यो ।

बार्साको जितमा लियोनल मेस्सीको दुई गोल सामेल थियो । ला–लिगाकै अन्य खेलहरुमा ग्रानाडाले आइबारलाई ४–१ ले हराउँदा रियाल सोसीडाडले सेल्टा भिगोमाथि २–१ को जित निकाल्यो ।