युएईः जनजाति पत्रकारहरूको साझा अधिकारमुखी संस्था नेपाल आदिवासी जनजाति पत्रकार महासंघ युएई च्यापटर गठन भएको छ । जनजाति पत्रकार महासंघ, युएई शाखा युएईमा गठन गरिएको छ ।
नेपाल आदिवासी जनजाति महासंघ युएईका प्रथम उपाध्यक्ष तथा पत्रकार पासाङ शेर्पाको संयोजकत्वमा जनवरी अन्तिम सुक्रवार सात सदस्यीय तदर्थ समिति गठन भएको छ ।
समितिको उपसंयोजक तिलक साम्पाङ राई, सचिव धनेन्द्र मास्की राना, कोषाध्यक्ष सोनिया इङ्नाम रहेका छन भने सदस्यहरुमा नुरु शेर्पा, हर्कमणी राई र इन्द्र गुरुङ रहेका छन ।
तदर्थ समितिले सचिव धनेन्द्र मास्की रानाको संयोजकत्वमा ३ सदस्यीय विधान मस्यौदा समिती गठन गरेको छ । समितिको सदस्यहरुमा पि एस निङ्लेकु र सुरेन्द्र थिङ रहेका छन ।
बिधान मस्यौदा समेतले दुई हप्ता भित्र तदर्थ समितिमा बिधानको मस्यौदा पेश गर्ने जनाएको छ । बिधान पारित भएको दुई महिनापछि तदर्थ समितिले सदस्यता विस्तार गर्ने र पहिलो अधिवेशन गराउने छ ।