आइतबार, माघ १३, २०८१

लेखा समितिको सभापतिमा उपाध्याय निर्वाचित

काठमाडौं,१७ माघ । व्यवस्थापिका संसदको सार्वजनिक लेखा समितिको सभापतिमा सत्तारुढ माओवादीका सांसद डोरप्रसाद उपाध्याय निर्वाचित भएका छन् ।

छ महिनादेखि रिक्त सभापति चयनका लागि सोमबारको बैठकमा मतदान नै भएको थियो । उपाध्याय २३ मत पाएर सभापति निर्वाचित भए । उपाध्यायलाई कांग्रेस, मधेसवादी र अन्य दलका सांसदले मत दिएका थिए ।

उपाध्यायका प्रतिद्वन्द्वी नेकपा एमालेका सांसद पशुपति चौलागाईले १६ मत पाए । चौलागाईलाई सत्ता पक्ष राप्रपासहितका दलले समर्थन गरेका थिए ।