शुक्रबार, चैत १६, २०८०

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गरी विद्यालय संचालन गर्न शिक्षा मन्त्रालयको अनुरोध

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्डका सबै उपाय अङ्गीकार गरी विद्यालय संचालन र सकेसम्म दुई सिफ्टमा विद्यालय चलाउन आग्रह गरेको छ ।

शुक्रबार विज्ञप्ति जारी गरी मन्त्रालयले स्वास्थ्य मापदण्डका सबै उपाय अङ्गीकार गरी पठनपाठन गर्न आग्रह गरेको हो । स्यानिटाइजर, मास्क र साबुन पानीको प्रयोग अनिवार्य गर्न र धेरै विद्यार्थी भएको विद्यालयले विद्यार्थी बाँडेर सिफ्टमा विद्यालय चलाउन आग्रह गरेकोे हो ।