पोखरा, १७ माघ । पहिचानसहितको संघीयता, अधिकारसहितको संविधानको अभियानमा जुटेको संघीय समाजवादी फोरम गोरखाको राजनीतिक जागरण एवं संगठन निर्माण अभियान अन्र्तगत गुम्दा गाविस वडा नं ।५ मा बृहत भेला सम्पन्न गरेको छ ।
तमुवान जागरण राजनीतिक अभियान अन्र्तगत सम्पन्न उक्त भेलाले सुरपान गुरुङको अध्यक्षतामा २३ सदस्यीय वडा समिति गठन गरेको छ ।
संघीय समाजवादी फोरमका केन्द्रीय सचिवालय सदस्य तथा तमुवान इञ्चार्ज गणेशमान गुरुङ, उत्तरी गोर्खा तमु समाजका महासचिव तेजबहादुर गुरुङ, गोर्खा क्षेत्र नं । ३ का क्षेत्रीय इञ्चार्ज सुङमान गुरुङ, जिल्ला सदस्य कुलमान गुरुङ, कलाकार संयोजक शाहीबहादुर गुरुङ,कलाकारहरु तारा गुरुङ, अञ्जना गुरुङ, सुनबहादुर गुरुङ र सहयोगी देशबहादुर गुरुङ अभियानमा रहनुभएको छ ।
अभियान अन्र्तगत अत्यन्तै दुर्गम गाँउ उहिया, सिर्दीबास, केराउजा, कासी गाँउ लगायतमा कार्यक्रम तय गरिएको नेता गणेशमान गुरुङले जानकारी दिनुभयो ।
अभियानमा कै क्रममा गुम्दामा कामी गुरुङको अध्यक्षतामा १७ सदस्यीय, लाप्राकमा दिलवहादुर गुरुङको अध्यक्षतामा २४ सदस्यीय, बारपाकमा टेकबहादुर गुरुङको अध्यक्षतामा १३ सदस्यीय, बारपाककै वडा नं । १ मा विष्णु गुरुङको अध्यक्षतामा १६ सदस्यीय, वडा नं । २ मा पुरबहादुर गुरुङको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको छ छ ।
गाँउ गाँउमा भएका भेलाहरुमा पूर्व सांसद हितकाजी गुरुङको तमुवान गीत लगायतमा साँस्कृतिक समुहले सास्कृतिक प्रस्तुति गरेको छ ।