टोकियो ओलम्पिक सुरु अब १०० दिन बाँकी, जापानभर मशाल र्‍याली

जापान । आउँदो जुलाई २३ तारिखबाट सुरु हुने टोकियो ओलम्पिक २०२० सुरु अब १०० दिन बाँकी रहेको छ । जापान सरकार ‘जसरी पनि’ ओलम्पिक सम्पन्न गर्न प्रयासरत रहँदा जापानी मिडियाले ७० प्रतिशत जनता ओलम्पिक स्थगित वा पुन: सार्ने पक्षमा रहेको जनमत हालै सार्वजनिक गरेका छन ।

जापानले बुधवार टोकियो ओलम्पिक सुरु हुन १०० दिनको अवधि बाँकी रहँदा कोरोना भाइरस महामारीको बीचमा देशभर मशाल र्‍याली गरिरहेको छ ।
चौथो लहरमा देशभर तिब्रगतिमा कोभिड १९ संक्रमित बृद्दि भइरहदा खेलहरू सुरक्षित रूपमा कसरी आयोजना गर्न सकिन्छ भन्ने सवाल पेचिलो बन्दै गएको छ ।

ओलम्पिक खेलमा विश्वभरका १०,००० भन्दा बढी खेलाडिहरु  उपस्थित हुनेछन् । तर भाइरसको फैलावटलाई रोक्नको लागि अपनाइएका जापान र सहभागी हुने देशका नियमले यसअघिका ग्रीष्मकालीन खेलहरू भन्दा बिलकुलै फरक देखिने अपेक्षा गरिएको छ ।
गत महिना सुरु भएको राष्ट्रव्यापी मशाल रिले विश्वव्यापी स्वास्थ्य संकटको समयमा आयोजना गर्न कत्ति गाह्रो छ भनेर संकेत गरिसकेको छ ।

ओसाका प्रान्तमा मंगलबार सुरु दुई दिने रिले भर्खरको भाइरसको बृद्धिका कारण मुख्य शहर क्षेत्रबाट हटाईएको थियो र त्यसको सट्टा ‘टर्चबीयर’हरू खाली पार्कमा सडकमा दौडाइएको थियो ।
जापानका सात पटकका पूर्व ओलम्पियन सेइको हाशिमोतोको नेतृत्वमा रहेको जापानी ओलम्पिक आयोजक समितिले स्वास्थ्य सुरक्षालाई प्राथमिकता दिने वाचा गरेको छ ।

ओलम्पिक विश्वव्यापी कोरोना फैलने घटना बन्न सक्छ भन्ने डरले गर्दा विदेशबाट आएका दर्शकहरूले ओलम्पिकमा भाग लिन पाउने छैनन् र जापानमा सीमित संख्यामा रहेका दर्शकले प्रतिस्पर्धा हेर्न पाउने अपेक्षा गरिएको छ।

यसैबीच, खेलाडिहरु जापानमा रहँदा नियमित रूपमा भाइरसको परीक्षण गरिने छ, जबकि उनिहरुलाई तोकिएको स्थानमा र अन्य सीमित स्थानहरूमा यात्रा गर्ने अनुमति दिइनेछ ।

१९६४ पछि जापानको राजधानीमा पहिलो पटक आयोजना गर्न लागिएको ओलम्पिक महामारीको कारण गत वर्ष मार्चमा स्थगित गरिएको थियो ।

 

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: