शनिबार, बैशाख ०८, २०८१

राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा जगत टमाटा नियुक्त

काठमाडौँ । नेपाल क्रिकेट संघ(क्यान)ले महिला राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक जगत टमटालाई नियुक्त गरेको छ । आइत्बार बसेको क्यानको बैठकले टमटालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिने निर्णय गरेको हो । त्यस्तै बैठकले मे, २०२१ को तेस्रो हप्तामा नामिवियासँग एक दिवसीय क्रिकेट सिरिज सञ्चालनको तयारी गर्ने निर्णय पनि गरेको छ ।