शीर्षस्थानको एट्लेटिको मड्रिड सेभियासंग पराजित

स्पेनिस ला लिगा फुटबलको लिग लिडर एट्लेटिको मड्रिड, २९ औ चरणको खेलमा सेभियासंग पराजित भएको छ ।

सिजनको तेस्रो हार भोग्ने क्रममा एट्लेटिको मड्रिड सेभियासंग १–० ले पराजित भयो । घरेलु मैदानमा सेभियालाई जिताउन खेलको ७० औ मिनेटमा मार्कोस आकुन्याले गरेको गोल निर्णायक बन्यो । यो जितले सेभियालाई तालिकाको चौथो स्थानमा बलियो बनाएको छ । २९ खेलबाट ५८ अंक जोडेको सेभिया तेस्रो स्थानको बार्सिलोनाभन्दा ४ अंकले पछि छ । हारका बावजुत एट्लेटिको ६६ अंकमा शीर्ष स्थानमा कायम छ ।

गएराती नै सेल्टा डि भिगोले डिर्पोर्टिभो अलाभेषलाई ३–१ गोल अन्तरले हरायो । भ्यालेन्सीया भने काडिजसंग २–१ ले स्तब्ध भयो । अर्को खेलमा ईल्चे र रियल बेटिसले एक एकको बराबरी खेलेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: