इंग्ल्यान्डविरुद्ध एकदिवसीय सिरिजमा भारतको रोमान्चक जित

घरेलु टिम भारतले इंग्ल्यान्डविरुद्ध एकदिवसीय क्रिकेट सिरिजको शृंखला जितेको छ ।

अन्तिम खेलमा इंग्ल्यान्डलाई सात रनले पराजित गर्दै भारतले सिरिज २–१ ले जितेको हो । ३३० रनको विशाल लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको इंग्ल्यान्डले ५० ओभरमा ९ विकेटको क्षतिमा ३२२ रन बनाउन सक्यो ।

इंग्ल्यान्डका लागि साम कुरानले अविजित ९५ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । बलिङतर्फ भारतका शार्दुल ठाकुरले चार र भुवनेश्वर कुमारले तीन विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा सबै विकेटको क्षतिमा ३२९ रन बनाएको थियो ।

भारतका लागि रिषभ पन्तले ७८, शिखर धवनले ६७, हार्दिक पाण्डेले ६४, रोहित शर्माले ३४ रनको योगदान दिए ।बलिङतर्फ इंग्ल्यान्डका मार्क वोडले तीन र आदिल राशिदले दुई विकेट लिए । यो जितसँगै भारतले इंग्ल्यान्डविरुद्ध तीन वटै क्रिकेट फर्म्याटको सिरिज जितेको छ ।

यसअघि टेष्ट क्रिकेट र टि–२० क्रिकेट सिरिजको शृंखला पनि भारतले जितेको थियो । यसअघि भारतले पाँच खेलको टि–२० क्रिकेट सिरिज ३–२ ले जितेको थियो ।त्यस्तै, चार खेलको टेष्ट क्रिकेट सिरिज पनि भारतले ३–१ ले आफ्नो पक्षमा पारेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: