बिहिबार, बैशाख ०६, २०८१

सिरी ए फुटबलमा मिलान र इन्टर मिलान विजयी

इन्टर मिलानले इटालीयन सिरी ए फुटबलको शीर्ष स्थानमा ४ अंकको अग्रता कायम राखेको छ । गएराती जिनोआलाई ३–० ले हराउदै ईन्टरले अग्रता बढाएको हो ।

उसलाई सहज जित दिलाउन रोमेलु लुकाकु, माटेओ डारमिन र एलेक्स सान्चेजले गोल गरे । पहिलो मिनेटमै लुकाकुको गोलमा अग्रता बनाएको ईन्टरले बाँकि २ गोल खेलको दोस्रो हाफमा गरेको थियो । २४ खेलबाट ईन्टरको ५६ अंक भएको छ ।

गएराती नै दोस्रो स्थानको एसी मिलानले रोमालाई २–१ गोल अन्तरले स्तब्ध पार्यो । मिलानले फ्रान्क केसीको गोलमा अग्रता बनाएको थियो । जोर्डन भेरेटटले रोमालाई बराबरीमा पुर्याएका थिए । दोस्रो हाफमा एन्टे रेबिचले गोल गर्दै एसी मिलानलाई महत्वपुर्ण जित दिलाए । २४ खेलबाट ५२ अंक सहित एसी मिलान तालिकाको दोस्रो स्थानमा कायम छ ।

एटलान्टाले साम्पडोरियालाई २–० ले हराउदै चौथो स्थानमा पुगेको छ । अन्य खेलहरुमा नापोलीले बेनेभेन्टोलाई तथा काग्लीयारीले क्रोटोनलाई समान २–० ले पराजित गरे । फियोरेन्टिना युडिनेससंग १–० ले स्तब्ध भयो ।