शीर्ष स्थानको बायर्न स्तब्ध,डर्टमुन्डको सानदार जित

जर्मन बुण्डेश लिगाको लिड लिडर बायर्न म्युनिख फ्रयाङकफर्टसंग पराजित भएको छ । लिगको २२ औ चरणको खेलमा बायर्न फ्रयाङफर्टसंग २–१ गोल अन्तरले पराजित भएको हो ।

घरेलु मैदानमा फ्रयाङफर्टलाई जिताउन दाईची कामडा र अमिन युनेसले गोल गरे । बायर्नका रोबर्ट लेबान्डोस्कीले एक गोल फर्काए । १२ औ मिनेटमा कामडाले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । ३१ औ मिनेटमा युनेसले टोलीको अग्रता दोब्बर पारे । ५३ औ मिनेटमा लेबान्डोस्कीले गोल गर्दै बायर्नको अन्तर घटाएपनि त्यसपछिको समयमा थप गोल गर्न नसक्दा हार भोग्न बाध्य भयो । जितसंगै फ्रयाङकफर्ट ४२ अंकमा तालिकाका चौथो स्थानमा बलियो बनेको छ । हारका बाबजुतपनि बायर्न ४९ अंकमा तालिकाको शीर्ष स्थानमा कायम छ ।

गएराती नै बोरुसिया डर्टमण्डले साल्केलाई ४–० ले हरायो । यो जितसंगै डर्टमण्डले पाँचौ स्थानको वायर लिभरकुशेनसंग अंक बराबरी गरेको छ । २२ खेलबाट ३६ अंक जोडेको डर्टमण्ड गोल अन्तरमा पछि परेको हो । ईर्लिङ हालाण्डले २ तथा जाडोन सान्चो र राफायल गुरेरियोले गोल गर्दै टोलीलाई शानदार जित दिलाए ।
माईन्जले बोरुसिया मोन्छेनग्लाण्डबाखलाई २–१ गोल अन्तरले हराउदा युनियन बर्लिनले फ्रेईबर्गलाई तथा स्टुटगार्टले एफसी क्लोनलाई समान १–० ले पराजित गरे ।

फेसबुकबाट तपाइको प्रतिक्रिया