बिहिबार, बैशाख १३, २०८१

लियोन फ्रेन्च लिगको शीर्ष स्थानमा,ब्रेष्ट ३–२ गोलले पराजित

लियोन फ्रेन्च लिग वान फुटबलको शीर्ष स्थानमा पुगेको छ । २६ औ चरणको खेलमा गएराती ब्रेष्टलाई ३–२ गोल अन्तरले हराउदै लियोनले समान अंक भएको लिलीलाई गोल अन्तरले पछि पारेको हो ।

प्रतिस्पर्धात्मक खेलमा लियोनले पहिलो हाफमै ३–० को अग्रता बनाएको थियो । दोस्रो हाफमा ब्रेष्टले २ गोल गरेपछि खेल ३–२ को नतिजामा पुगेको हो । २६ खेलबाट लियोनको ५५ अंक छ । दोस्रो स्थानको लिलीको समान अंक भएपनि उसले एक खेल कम खेलेको छ ।

२५ खेलबाट ५४ अंक जोडेको पिएसजी तालिकाको तेस्रो स्थानमा धकेलिएको छ ।फ्रेन्च लिग वानमा आज थप २ खेल हुनेछन् । आज सेन्ट ईट्टनी र रिम्स तथा नान्टेस र मार्सेली प्रतिस्पर्धा गर्नेछन् ।