डा.बिजय ज्ञवालीको पुस्तक ‘अमोहा’ बजारमा

टोकियो । जापानमा बसोबास गर्ने डा.बिजय ज्ञवालीको पुस्तक अमोहा बजारमा आएको छ । सांग्रिला बुक्स मार्फत प्रकाशन गरिएको पुस्तक गैर आख्यान निबन्ध बिधा हो तर यस्मा सृजनात्मक आख्यानको प्रयोग पनि गरिएको छ । छोरीलाई सम्बोधन गरी लेखिएको निबन्धात्मक कृति हो— अमोहा । आफ्नी छोरी अमोहाको जन्मपश्चात् एक वर्षभित्र

लेखकले छोरीलाई सम्बोधन गरी लेखेका पत्रहरूमध्ये छानिएका पत्र समेटेर यो पुस्तक तयार पारिएको हो ।
सरल र सरस भाषामा लेखिएको यो पुस्तकमा व्यक्त अभिव्यक्तिले अस्थिर मनोविज्ञानलाई शान्त पार्न सहयोग गर्छ । यसमा प्रत्युक्त अभिव्यक्ति सामान्य भएरै गहन लाग्छन् ।

पुस्तकमा लेखकले बिभिन्न प्रसँग मार्फत जिबन र यो संसार सित साक्ष्यतकार गराउने प्रयास गरेका छन् । पुस्तक नेपालीका प्रमुख पुस्तक पसलमा उपलब्ध छ । जापानमा सिमित प्रती उपलब्ध हुने लेखकले बताएका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया