बिहिबार, बैशाख १३, २०८१

विश्वमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २२ लाख नाघ्यो

विश्वमा कोरोना भाईरस संक्रमितको संख्या १० करोड २ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ५ लाख ९० हजार भन्दा बढीमा संक्रमण पुष्टिभएसंगै संक्रमितको संख्या १० करोड २ लाख २७ हजार ५५८ पुगेको छ ।

यस्तै, पछिल्लो २४ घण्टामा १६ हजार बढी संक्रमितको मृत्यु भएको छ । हालसम्म विश्वमा मृत्यु हुनेको संख्या २२ लाख ६९८ पुगेको छ । विश्वमा ७ करोड ३८ लाख ५७ हजार बढी संक्रमणमुक्त भएका छन् । सक्रमितमध्ये २ करोड ५९ लाख ६६ हजार ३९१ जना सक्रिय संक्रमित छन् १ लाख ९ हजार ८३७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

सबैभन्दा बढी संक्रमित भएको अमेरिकामा संक्रमितको संख्या २ करोड ६३ लाख ३८ हजार ६०७ पुगेको छ । अहिलेसम्म ४ लाख ४३ हजार ७६९ जनाको मृत्यु भएको छ । हालसम्म १ करोड ६० लाख ७० हजार भन्दाबढी संक्रमणमुक्त भएका छन् ।

त्यस्तै, छिमेकी मुलुक भारतमा संक्रमित संख्या १ करोड ७ लाख २० हजार ९७१ पुगेको छ । १ लाख ५४ हजार ४७ जनाको मृत्यु भएको छ ।