मङ्गलबार, बैशाख ०४, २०८१

रियल मड्रिड र रियल ओसासुनाको खेल बराबरीमा रोकियो

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले बराबरी खेल्दै अंक बाँडेको छ । साविक बिजेता रियल शनिबार राति भएको खेलमा ओसासुनासँग गोलरहित बराबरीमा रोकिएको हो ।

ओसासुनाको मैदानमा पाएको मौकालाई सदुपयोग गर्न नसक्दा रियल अंक बाड्न बाध्य भयो । बल पोजिसनमा एकतर्फी पकड जमाए पनि रियलका फरवार्डले गोल गर्न सकेनन् । यता, घरेलु टोलीका खेलाडीले पनि केहि उत्कृष्ट अवसरलाई गोलमा बदल्न सकेनन् ।

बराबरीमा रोकिएसँगै रियलले १८ खेलमा ३७ अंक जोडेको छ । रियल दोस्रो स्थानमा रहेको छ । १७ खेलबाट ओसासुनाको १५ अंक छ । रेलिगेसन क्षेत्र पार गर्न उसलाई यथास्थितिमा कम्तिमा २ अंक थप्नुपर्नेछ ।