ला लिगामा बार्सिलोनाको शानदार जित

 कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनमा ला लिगा फुटबलमा बार्सिलोनाले शानदार जित हात परेको छ । ग्रानडासँग शनिबार राति भएको खेलमा बार्सिलोनाले ४–० को सानदार जित निकालेको हो ।

बार्सिलोनाले ग्रानडालाई उसकै मैदानमा फराकिलो जित निकाल्ने क्रममा मेस्सी र र एन्टोइन ग्रिजमनको समान दुई गोल गरे । खेलको १२औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलबाट अग्रता लिएको बार्सिलोनाको लागि दोस्रो गोल ३५औं मिनेटमा मेस्सीले गरे ।

४२औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गरेपछि टोलीले पहिलो हाफमै ३–० को अग्रता लिएको थियो । ६३औं मिनेटमा ग्रिजमनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को सानदार जित दिलाए ।

जितपछि बार्सिलोना १८ खेलबाट ३४ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । समान खेलबाट ३७ अंक जोडेको रियाल मड्रिड दोस्रो स्थानमा छ भने १५ खेलबाट ३८ अंक जोडेको एथ्लेटिको मड्रिड शिर्ष स्थानमा छ । पराजित ग्रानडा २४ अंकसहित सातौँ स्थानमा रहेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया