बिहिबार, बैशाख ०६, २०८१

‘भनाइ र गराइबीचको फरक स्वतः देख्न सकिन्छ’

विष्णु रिजाल ।

१. केपी ओलीले बारम्बार भनेको सुनिन्थ्यो, ‘चार महिनापछि चैतमा महाधिवेशन गरेर छाड्दैछु, त्यतिवेलासम्म पनि कÞुर्न नसक्ने ?’ सदस्यता नै तय नभइसकेको पार्टीको महाधिवेशन चार महिनामा गर्छु भन्नेले सजिलो र आफ्नै समूहको महाधिवेशनको मिति चाहिं ११ महिनापछि राख्नुभएछ ।

२. ‘म ४ महिनापछि दोस्रो पुस्तालाई नेतृत्व छाड्न तयार छु, तपाईंहरू तयार हो ?’ भनेर बारम्बार भन्ने नेताका लागि आफ्नै मान्छेहरू मात्रै रहेको बेला दोस्रो पुस्तालाई नेतृत्व छाडिदिन झन् सजिलो थियो । तर, केपी ओलीले फुटेको पार्टीको नेतृत्व पनि छाड्न सक्नुभएन ।

३. केन्द्रीय कमिटीको संख्या ४४१ हुँदा कतैबाट निर्वाचित नभएका, बैठक बस्नै नसकिने र सडकछाप भन्नुहुने केपी ओलीले त्यतिले नपुगेर ११९९ बनाएर सडकैभरि केन्द्रीय सदस्य बनाइदिनुभयो । यसबाट भनाइ र गराइबीचको फरक स्वतः देख्न सकिन्छ ।