शनिबार, बैशाख ०८, २०८१

उपत्यकामा ५६१ सहित १,३४३ मा कोरोना पुष्टि ,२१११ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा थप १ हजार ३४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १३४३ जनामा संक्रमण पुष्टि भएको हो ।काठमाडौंमा ४ सय ५५, भक्तपुरमा २६ र ललितपुरमा ८० जना गरी उपत्यकामा ५ सय ६१ जना नयाँ संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३७ हजार ५८९ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा थप २१११ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख २० हजार २७२ पुगेको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी कोरोना संक्रमणबाट थप १३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १५५१ पुगेको छ । क्वारेन्टाइन्मा ५७६ जना छन् भने आइसोलेसनमा १५ हजार ७६६ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ ।