शनिबार, बैशाख ०८, २०८१

एनआरएनए जापानको आर्थिक अनिमियतता छानबिन समितिद्धारा सुझाव संकलन सुरु

टोकियो । एनआरएनए जापानमा आर्थिक अनिमियतता बारे उच्चस्तरीय छानबिन समितिले सुझाव संकलन सुरु गरेको छ ।
एनआरएन जापानका संस्थापक अध्यक्ष राजन प्रधानाङ्को संयोजकत्वमा उच्चस्तरीय छानविन समितिले एनआरएनए जापानको बर्तमान कार्यसमिती लगायत पुर्व कार्यसमितीहरू र छानबिनसंग सम्बन्धित सरोकारवाला जापानबासी नेपाली दाजुभाई दीदीबहिनीहरूलाई उच्चस्तरीय छानबिन समितिको कामलाई परिणाममुखी बनाउन सकारात्मक सहयोग लागि अपिल गर्नुभएको छ ।
समितिले एनआरएनए जापानले सन्‌ २०१५ मा महाभूकम्पको सहयोगार्थ उठाइको रकम प्रयोग सम्बन्धमा,सन्‌ २०१८ मा सम्पन नेपाल फेस्टिबलमा विभिन्न संघसस्थाले दिएको सहयोग रकम बार्षिक प्रतिबेदनमा उल्लेख नगरेको सम्बन्धमा, आध्यात्मिक सेवा केन्द्र जापानद्वारा प्रदान गरिको सहयोग रकमको सम्बन्धमा, स्मारिका प्रकाशनमा अनियमितता भएको भन्ने सम्बन्धमा र केहि कसैबाट उजुरी परेको खण्डमा छानबिन गर्न पाउने जनाइएको छ । समितिको कार्यावधि २०२१ जनवरी २२ सम्म तोकिएको छ ।
एनआरएनए जापानमा अघिल्ला कार्यसमितिले गरेको आर्थिक अनिमियतताको हालका संघका प्रवक्ता सिद्धार्थ श्रेष्ठले सामाजिक संजालमार्फत छानबिनको लागि सार्वजनिक रूपमा माग गर्नुभएको थियो ।

सम्पुर्ण जापानवासी नेपाली दाजुभाई तथा दिदिबहिनिहरु,
विषय : NRNA जापानमा आर्थिक हिनाबिना सम्बन्धि उठेका विषय र छानबिनका संग सम्बन्धित सूचना आदी उपलब्ध गरी सहयोग गर्न हार्दिक आव्ह्यन

उपरोक्त सम्बन्धमा NRNA NCC जापानको साधारण सभामा (सेप्टेम्बर १९ तारिखमा भएको साधारण सभामा) आर्थिक हिनाबिनाका बारेमा उठेको बहस बिबादमा परिणत हुन पुगेको थियो। यस सम्बन्धमा सत्य तथ्य छानबिन गरि प्रतिबेदन पेश गर्न सन् २०२० अक्टुबर २ का दिन NRNA सचिबालयको बैठकले एक उच्चस्तरीय छानबिन समितिको गठन गरेको कुरा पुन जानकारी गराउन चाहान्छौ । यस समितिले २०२० अक्टुबर २२ का दिन देखि नै छानबिनलाई निरन्तरता दिएको भएता पनि थप सुचना वा अभिलेखहरु भए उपलब्ध गराई छानबिनमा सहयोग गर्नु हुन अनुरोध गर्दछौ ।

छानबिनका विषयहरु:
(1) सन २०१५ सालमा उठाइको भूकम्पको रकम प्रयोग सम्बन्धमा
(यदि कसैले NRNA जापान लाई चन्दा दिएको छ भने सो को रसिद वा कुनै प्रमाण पठाउनु होला। )
(ख) सन २०१८ मा सम्पन नेपाल फेस्टिबलमा विभिन्न संघ सस्थाहरुले दिएको सहयोग रकम प्रतिबेदनमा उल्लेख नगरेको सम्बन्धमा
(कसैले NRNA जापान लाई सहयोग दिएको रसिद वा कुनै प्रमाण पठाउनु होला।)
(ग) आध्यात्मिक सेवा केन्द्र जापानद्वारा प्रदान गरिएको सहयोग रकमको सम्बन्धमा
(प्राप्त सहयोग रकमको दुरुपयोग भएको लागेको खण्डमा सो सम्बन्धि सूचना वा प्रमाण पेश गर्नु होला।)
(घ) स्मारिका प्रकाशनमा अनियमितता भएको भन्ने सम्बन्धमा
(NRNA जापानलाई स्मारिका प्रकाशन गर्दा गरिएको सहयोग, चन्दा, बिज्ञापन शुल्क आदि को सम्बन्धमा संलग्न कागजातहरु उपलब्ध गराई सहयोग गर्नु होल । )
यस उच्चस्तरीय छानबिन समितिको काम लाई परिणाम मुखी बनाउन सकारात्मक सदभाब राखी उल्लेखित ४ विषय संग सम्बन्धित बिल भर्पाई, रसिद, फुरीकोमी गरि पठाएको प्रमाणहरु छ भने समितिको इमेल, ठेगाना वा समितिका ५ सदस्यहरु मध्य कसैलाई खबर गरि उपलब्ध गराई छानबिनमा सहयोग गरि दिनु हुन हार्दिक अनुरोध गर्दछौ ।

सम्पर्कको लागी समितिका सदस्यहरुको नामावली:
१. राजन प्रधानाङ्ग (संयोजक)
२. बिजय थकाली (सदस्य)
३. शालिकराम भण्डारी (सदस्य)
४. डा.बलराम श्रेष्ठ (सदस्य)
५. डा.सरोज कंडेल (सदस्य)

नोट:
१. मिती २०२१ जनवरी दोस्रो हप्ता सम्म इमेल वा हुलाक मार्फत अभिलेखहरु पठाई सहयोग गर्न हार्दिक अपिल । ईमेल : investigationcommitteejapan@gmail.com
हुलाकको ठेगाना: 130-0026 東京都墨田区両国4丁目35番1タカシマ三共フラット203号
130-0026 4-35-1, Ryogoku, Sumida-ku, Tokyo Takashima Sankyo Flat Room No. 203
२. यस समितिले छानबिन कार्य, मिती २०२१ जनवरी २२ तारिख भित्र सम्पन्न गरि प्रतिबेदन पेश गरि सक्नु पर्ने भएकोले NRNA NCC जापान, यस संस्था संग संबन्धित सम्पुर्ण सरोकारवाला पक्षहरु, जापानवासी दाजुभाई तथा दिदीबहिनी समक्ष सहयोगको निम्ति अनुरोध गर्दछौ ।

भवदीय
डा.बलराम श्रेष्ठ

सचिबालय प्रवक्ता
उच्चस्तरीय छानबिन समिति
एनआरएनए