शुक्रबार, चैत १६, २०८०

आमा फाउन्डेशन र गलकोट साहित्य कुञ्जद्धारा नारी सम्मान पुरस्कारको स्थापना

बागलुङ । आमा फाउन्डेशन र गलकोट साहित्य कुञ्जद्धारा नारी सम्मान पुरस्कारको स्थापना गरेको छ ।साहित्यका क्षेत्रमा काम गरिरहेको कुञ्जका निम्ति स्थापना गरिएको बागलुङको गलकोट क्षेत्रकै यो पहिलो पुरस्कार हो ।
जापानमा लामो समय बसेर घर पुग्नासाथ स्वर्गारोहण हुनुभएको ४५औँ पुण्य र पुज्य तिथी हो । आजको पुण्य दिनमा आमा ‘अदम कुमारी’ मेमोरियल फाउण्डेशन स्थापना गर्ने घोषणा गर्नु भएको स्व अदम कुमारी खत्रीको ८६ बर्षिय श्रीमान मानबहादुर खत्री, एक छोरी र पाँच भाई छोराहरुले जानकारी गराउनु भयो ।
आमाका सपनाहरु सेवा कर्महरु र सम्मान मार्फ़त स्मरण गरिरहन फाउण्डेशन मार्फत सकियोस भनेर आजकै दिन आमा फ़ाउन्डेशनबाट “ आमा फ़ाउन्डेशन तथा गलकोट साहित्य कुञ्ज नारी सम्मान पुरस्कारको स्थापना गर्नु भएको फाउन्डेशनका दुर्गाबहादुर खत्रीले जानकारी दिनुभयो । वहाँले भन्नुभयो – गलकोट क्षेत्रका नारी हस्ताक्षरका निम्ति स्थापना गरिएको यो पहिलो पुरस्कार हो भन्ने जानकारी पाउदा खुसी लागेको छ यो अवसरका निम्ति गलकोट साहित्य कुञ्ज परिवारका प्रति आभार टकाउनु टक्राउदछु ।
पुरस्कारको स्थापना गरिदिनुहुने आमा फाउन्डेशनमा संरक्षक मान बहादुर खत्री छोरी देवी खत्री,छोराहरु देवबहादुर खत्री,तोपनारायण खत्री,कर्णबहादुर खत्री,
ज्ञानबहादुर खत्री,र दुर्गाबहादुर खत्री बागलुङ गलकोट नगरपालिका ५ डानसेनडाडा निवासी हुनुहुन्छ ।