व्याडमिन्टन प्रतियोगिताको ओपनतर्फ प्रकाश र रमेश,भेट्रानतर्फ नवराज र राजनको जोडी विजयी

सिन्धुपाल्चोक । जिल्ला स्तरीय खुला व्याडमिन्टन प्रतियोगिताको डबल ओपनतर्फ चौताराका प्रकाश श्रेष्ठ र रमेश श्रेष्ठ विजयी भएका छन् ।

उनीहरुले भीमबहादुर तामाङ र ध्रुव थापालाई फाइनलमा हराउँदै प्रथम भएका हुन्। खाडीचौरमा भएको भेट्रान डबलतर्फ मेलम्चीका नवराज भट्टराई र राजन श्रेष्ठ विजयी भए। उनीहरुले फाइनलमा लालकाजी कार्की र दिनेश थापालाई पराजित गर्दै प्रथम भएका हुन्।

जिल्ला खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगितामा विजयी हुनेलाई नगद तीस हजार, ट्रफी, दोस्रो हुनेलाई नगद १५ हजार, ट्रफी र सेमिफाइनलसम्मको यात्रा तय गर्नेलाई नगद सात हजार पाँच सय रुपैयाँ प्रदान गरिएको थियो ।

विजयीहरुलाई वाग्मती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले पुरस्कार वितरण गरेका थिए।

फेसबुकबाट तपाइको प्रतिक्रिया