नेपालीहरू चार्डपर्वमा चाहिनेभन्दा बढी रमाईलो गर्छन्

हेमन्त गिरी, जापान । वर्षौं देखि अरुकोमा जागीर गरेपछि मेहेनतको पैसाले एउटा पसल खोलेर त्यसैबाट जापानमा आफ्नो र परिवारको भविष्य खोजिरहेका बहुत धेरै नेपाली दाजुभाई हुनुहुन्छ जापानमा ।

जापानमा हिंजो अर्थात् नोभेम्बर १२ तारिख प्रकाशित दुई खबरहरू ती साना व्यवसायी र तिनको आडमा बाँचेका कुक समुदायका लागि दाँतमा लागेका ढुङगा सरह हुन् ।

नेपालीहरू चाडवाडमा चाहिने भन्दा बढी रमाइलो गर्छन’ भन्ने सन्देश जापानी समुदायमा फैलिएको देखिन्छ एक किसिमले । चाडवाडको बेला काममा ‘एनी हाऊ’ बिदा माग्ने देखि लिएर भिडभाड सहित नाचगान र रमाइलो गरेका भिडियोहरूको ‘लाइभ’ पोस्ट गर्नमा अन्यत्रका भन्दा जापानबासी नेपालीहरू अगाडी देखिएको सत्यलाई नकार्न मिल्दैन ।

यसैकारण पनि नेपालीहरूलाई हेर्ने जापानी दृष्टिकोण फरक भएको हुन सक्छ । ठूला ठूला रेस्टुरेन्ट भएका र धेरै ब्रान्च भएका साहुजीहरूलाई त हाललाई त्यती गाह्रो नहोला । तर ‘नेपालीहरू सचेतता अपनाउँदैन’ भन्ने सन्देश जापानी समुदायमा पर्न गयो र उनीहरूले नेपालीलाई हेर्ने दृष्टिकोण नै संकास्पद रहन गयो भने साना व्यवसाय र रेस्टुरेन्टलाई प्रत्यक्ष घाटा हुने निश्चित छ । यस्तो मनोविज्ञानको प्रभाव लामो समय सम्म रहिरहन सक्छ । नेपालीहरू द्वारा सन्चालित पसलमा जापानी ग्राहकहरू खाना खान आउन बिस्तारै छोड्न सक्छन । र घुमाइफिराइ यसको सिधा असर तपाई ठूला साहुजीहरूलाई नै पर्ने हो । तपाईंहरूका सप्लायर,हलाल फुड तथा ठूलो लगानी र क्यापसिटीका रेस्टुरेन्ट पनि बिस्तारै नचल्ने अवस्थामा पुग्न सक्छन ।

त्यसैले कृपया, सक्नुहुन्छ भने केही समय पार्टी भोज भतेरका लाइभ भिडियोहरू पोस्ट नगरिदिनुहोस् । ‘आज’ तपाईंको व्यवसाय चलाउनको लागि सम्पूर्ण नेपालीको ‘भोली’ माथि खेलवाड नगरिदिनुहोस् । खारे पसलमा सावधानी अपनाउँदैन भन्ने सन्देश जापानी समुदायमा पर्न गयो भने सम्झिनोस् हामी नेपालीले जापानमा भोलीका दिनमा केही गर्न सक्ने छैनौं । जापानीहरूमा कुनै कुराले नकारात्मक छाप पार्यो भने उनीहरू लामो समय सम्म त्यो कुरा मनमा लिइरहन्छन । आखिर हाम्रा लङ टर्म ओक्याकुसामा भनेका जापानिज नै हुन । सरी टु से( नेपालीहरू आएर एक रात उफ्रिएर वा दुई चार मानको रक्सी खाएर व्यवसाय लामो समय चल्ने पनि त हैन ।

साना साना गल्तीले धेरै ठूला संकेत गरिरहेका हुन्छन । टोक्यो मेयरको सन्देशलाई चेतावनीको रूपमा बुझे हाम्रै फाइदा हुनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया