राष्ट्रिय संगीतकर्मी संघ जुट्यो जिल्ला तथा प्रदेश अधिबेशनको तयारीमा

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघले अब कोरोना कहरकैं समयमा भएपनि आफ्ना जिल्ला तथा प्रदेश अधिबेशन तथा साधारण सभा गर्नको लागि आफ्ना गतिविधि तिब्र पारेको छ ।
केन्द्रीय कार्यालय कोटेश्वरमा बसेको बैठक र जुम बैठकले गरेको निर्णय अनुसार पाँचौ राष्ट्रिय महाधिवेशनको पूर्ब तयारी स्वरुप सम्पूर्ण जिल्ला अधिबेशनहरु मंसिर मसान्त भित्र र प्रदेश अधिबेशन पौष मसान्त भित्र र अधिबेशन गर्न नपर्ने जिल्लामा साधारण सभा सम्पन्न गरिसक्ने निर्णय अनुसार सम्पूर्ण जिल्ला प्रदेश र केन्द्रका जिम्मेवार पदाधिकारी तथा सदस्य जुट्नुपर्ने अवस्था रहेको छ साथै आजिबन सदस्य बिस्तारलाई पनि तिब्रता दिन हार्दिक अनुरोध गरेको छ ।
तेसैगरी प्रदेशमा बाँकी रहेका सम्पूर्ण जिल्ला अधिबेशन र साधारण सभा तोकिएको समयमा सम्पन्न हुने गरि तयारी भैरहेको छ । तेसैगरी लुम्बिनी प्रदेशको पनि जुम बैठक हिजो नै ५ नम्बर लुम्बिनी प्रदेश अन्तर्गत रहेका सम्पुर्ण जिल्लाको अध्यक्ष र प्रतिनिधिको उपस्तिथिमा अध्यक्ष लाल मणि भुषालको अध्यक्षतामा र प्रदेश इन्चार्ज थानेस्वर अधिकारीको समन्वयमा बसि महत्त्वपूर्ण निर्णय गर्दै तोकिएको समयमा प्रदेशका सबै जिल्ला अधिबेशन तथा साधारण सभा सम्पन्न गरिसक्ने निर्णय गरेको केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।
केन्द्रको तर्फबाट अध्यक्ष राजेन्द्र कुमार कार्की प्रमुख अथिती,उपाध्यक्ष अमृत खाती,महासचिव बिक्रम जङ शाह अथितीको रुपमा आआफ्नो धारणा राख्नु भएको थियो । बैठकले कोरोना कहर ९ कोभिट(१९० मा जुधिरहनु भएका केन्द्रीय सचीव जीबन परियार र सचिबालय सदस्य राज कुमार हुमागाइ र उहाँको सिङो परिवारको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै कोरोन कहर जित्नु हुने उपाध्यक्ष श्याम धिताललाई अझै सु स्वास्थको कामना गर्दै बधाई दिएको छ । बैठकमा सबै जिल्लाबाट उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाइको प्रतिक्रिया