बुधबार, बैशाख १२, २०८१

प्रान्स गोल्ड नामक कारोबार गर्ने भनिएको कम्पनीमा समस्या आएपछि खैलाबैला

टोकियो । जापानमा रहेका नेपालीहरुबीच अत्यन्तै चर्चामा रहेको प्रान्स गोल्ड होल्डीङ् नामक क्रिप्टोकरेन्सी कारोबार गर्ने भनिएको कम्पनीमा समस्या आएको छ ।
कामै नगरी रातारात डलर कमाई हुने भन्दै नेपालीहरु लगानी गर्न हौसिएका नेपालीहरूले सोही अनुरुप लगानी पनि गरे अनि त्यसको प्रतिफल भनेर अनलाईन वालेटमा हेरेर मख्क पर्दै सामाजिक संजालमा हरेक दिन यति आफुले कमाएको भनिएको डलर पोस्ट गरेर दुनियाँको मन बिगारे तर पैसा झिक्न मिल्ने भनेको दिन् कारोबार होल्ड भएको भनि विज्ञप्ती बाहिरियो ।
सुरुमा जापानमा रहेका केहि सिमित नेपालीहरुले मात्रै लगानी गरेको भनिएको प्रान्स गोल्ड होल्डिंग्समा पछिल्ला दिन भित्र भित्रै झण्डै २ हजार नेपालीहरुले लगानी गरिसकेको बताईन्छ । बिहिबार राती एक ठूला लगानी कर्ता भनिने नेपाली युवाले भने-‘ शंका त पहिले देखिनै थियो तै पनि एकपटक जम्मा भएको डलर निकाल्न पाए, आफ्नो लगानी उठेर पनि फाईदा हुने थियो भनेर वैट गरेको, आज पनि निकाल्न मिलेन,बरु कारोबार नै होल्ड भएको खबर फैलियो ।’केहि महिना यता, क्रिप्टोकरेन्सी भनेको के हो ?यसको ट्रेडिङ् के कसरी हुन्छ भन्ने भन्दा पनि कुनै चिट्ठा काटे जसरी फलानो ले यति खेलेको, मैले यति खेलेको भन्ने भनाईहरु सामाजिक संजालभरी असरल्ल देखिन्थे । गोप्य जानकारीका अनुसार एकै व्यक्तिले झण्डै २ करोड जापानी येनसम्म पनि लगानी गरेका छन् । न्युनतम १ लाख जापानी येनबाट सुरु गर्न सकिने प्रान्स गोल्ड वास्तवमा क्रिप्टोकरेन्सी ट्रेडिङ् भनिएता पनि लगानी कर्तालाई त्यहाँ किनबेच बारे सरोकार नै थिएन । यो पूर्णत नेटवर्किंग प्रणालीमा संचालित थियो । किनकी कम्पनीले एटोमेटिक अर्विटेरेज सिस्टम बनाएको दावी गर्दै आएको थियो । जानेका बुझेकाहरुले सोधीखोजी गर्दा पनि तर्किने लगानी कर्ताहरु विहिबार देखि भने स्वतस्फुर्तरुपमा लगानी डुब्ने भयो भन्दै सम्पर्क आउन थालेका छन् ।

यस अघि पनि रकम निकाल्ने मिठो सपना बोकेकाहरुले निकाल्न पाएका थिएनन् तर त्यस्को वास्तविक कारण बाहिर आएको थिएन(नेटवर्किंग विजनेसमा सकभर गोप्य राख्ने प्रयास गर्दछन्) तर बिहिबार लगानी कर्ताहरुकै सामाजिक संजाल ग्रुपबाट एक विज्ञप्ती बाहिरियो, जहाँ कम्पनीका कार्यकारी भनिएको व्यक्तिको हस्ताक्षर सहित तत्काललाई कारोबार होल्ड भएको, र यो समस्या सन २०२१ को सुरुवातसम्ममा समाधान हुनेमा आशावादी रहेको व्यहोरा उल्लेख गरिएको छ । यदि यो विज्ञप्ती सही होईनकी भनी केहि लगानी कर्ता भनिएकाहरुसंग क्रस चेक गर्दा पनि कुरो उहि पायौँ उनिहरु बिचमै खैलाबैला मच्चिईसकेको रहेछ ।
प्रान्स गोल्ड होल्डिंग्स भनिने यो कम्पनीको सुरुवातदेखि नै नियत भने सत्य देखिदैन । किनकि कम्पनीको वेवसाईट छ,र त्यस वेवसाईटमा राखिएको ठेगाना नै वास्तविक छैन ।@नेपालन्युजपोस्ट