शुक्रबार, बैशाख ०७, २०८१

“दसैँमा पर्खी नबस्नु आमा” बोलको गित सार्वजनिक(भिडियोसहित..)

काठमाडैं । नेपालीहरुको महान पर्व दसैँ तिहारको अवसरमा “दशैंमा पर्खी नबस्नु आमा” बोलको गित सार्वजनिक भएको छ ।
एस मिडिया हाउस नेपाल र रेडियो नगरकोटको संयोजनमा “दशैंमा पर्खी नबस्नु आमा” बोलको गित हालै सार्वजनिक भएको हो । चर्चित रियालिटी शो लोक स्टारमा चौथो स्थान हासिल गरेका गायक रामकुमार नेपालीको स्वरमा सजिएको उक्त गितमा नेपालकै पहिलो महिला चलचित्रमा संगीत गरेकी नेपाली महिला संगीतकार रेखा पौडेलले संगीत भरेकी छिन । समीर लामाले निर्देशन गरेको उक्त गितलाई सुन्दर श्रेष्ठले लेखेका हुन ,उक्त गितको छायांकन रेशम दर्लामीले गरेका छन भने अहिले संसारलाइ कोरोनाले छिया छिया अनि विक्षीप्त पारेको अवस्थालाई मध्यनजर राख्दै यसै घटना र अबस्थालाई आधार बिदेशमा बसेका नेपालीहरुप्रति समर्पित उक्त गितले दर्शक स्रोताको मन जित्नेमा निर्माण पक्षको विश्वास छ ।
नयाँ तथा पुराना कलाकारहरुले अभिनय गरेको सो गितमा चर्चित हास्य टेलिसिरियल हर्के हल्दारका लाहुरे बा बिष्णु सापकोटा, सोही सिरियलका अर्का पात्रा शिव हरि नेपाल, झम्को इन्द्र दोङ खम्बेले पनि अभिनय गरेका छन । मुख्य भुमिकामा पवन खतिवडा, दिपक डोटेल, सोनि खत्री, लक्की शेर्पा र गेदेन शेर्पाले समेत भिडियोमा अभिनय देख्न सकिन्छ ।
https://youtu.be/I71Lh9mPpe4