शुक्रबार, चैत १६, २०८०

जापानमा भलिबल प्रतियोगिता सम्पन्न,प्रथम उपाधि गल्कोट स्पोर्ट्सलाई

टोकियो । नेपाल भलिबल क्लब ईताबासी जापानले आयोजना गरेको भलिबल प्रतियोगिताको उपाधि गल्कोट स्पोर्ट्स क्लव टोकियो जापानले हात पारेको छ । जापानका बिभिन्न स्थानबाट सत्र टोलिको सहभागिता रहेको प्रतियोगिताको फाईनलमा गल्कोट स्पोर्ट्स क्लव टोकियो जापान र गल्कोट समाज जापान दुबै गल्कोटे टोलि पुगेका थिए ।
ए पोलका नौ टीम र बि पोलका ८ टीमको प्रतिस्पर्धाबाट फाईनलको यात्रा तय गरेका दुबै टीम बाग्लुङ जिल्लाको गल्कोट क्षेत्रबाट जापानमा आई बसोबास गर्ने युवाहरु आबद्द टीम हुन् ।
नेपाल भलिबल क्लब ईताबासी जापानले आयोजना गरेको प्रथम मैत्रिपूर्ण खुल्ला पुरुष भलिबल प्रतियोगितामा आयोजकको ३ सहित १७ टिमको सहभागिता रहेको ईताबासी क्लबका अध्यक्ष दीपक बुर्जा मगरले जानकारी दिनुभयो ।
पर्वत समाज जापानका उपाध्यक्ष सुभास लामिछनेको प्रमुख अथिति रहेको कार्यक्रममा प्रतियोगिताको सयोजक महेन्द्र भण्डारी लगायत जापानमा क्रियाशिल बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुले शुभकामना ब्यक्त गरेका थिए । प्रतियोगितामा गल्कोट स्पोर्ट क्लब जापान प्रथम ,गल्कोट समाज दोस्रो र नेपाल युथ स्पोर्ट्स क्लब जापान तेस्रो भएका छन । प्रतियोगितामा प्रथम हुने टिमले नगद २० मान येन ट्रफी प्रमाण पत्र मेडल र दोस्रो हुनेले नगद १२ मान येन ट्रफी प्रमाण पत्र मेडल पाएका थिए भने तेस्रो स्थान हुनेले नगद पाँच मान येन र प्रमाण पत्र पुरस्कार प्रदान गरिएको थियो भने उत्कृष्ट खेलाडिहरुलाई ट्रफी का साथ समान गरिएको थियो ।

हितु थापा,राम मल्ल,गणेश केसी,मनोज केसी ,केशव केसी,रमेश बस्नेत,ललित भण्डारी,सुनिल बस्नेत,महेन्द्र साहानी सहभागि टोली छनौट खेलाडी संयोजक अम्मर भण्डारी र देबेन्द्र खत्रीले गरेका थिए ।
१ Best playr रमेश बस्नेत गोल्कोट स्पोर्ट् क्लब जापानका खेलाडी
२ Best spiker रविन खत्री नेपाल युथ स्पोर्ट् क्लब जापानका खेलाडी
३ Best blocker डम्बर बस्नेत गोल्कोट समाज नागोयाका खेलाडी
४ Best setter उमेश केसी नेपाल युथ स्पोर्ट् क्लब जापानका खेलाडी
५ Best defence बसन्त थापा नेपाल युथ क्लब जापानका खेलाडीलाई सम्मान गरिएको थियो ।
भलिबल प्रतियोगिताको समापन कार्यक्रममा क्लबको अध्यक्ष दीपक बुर्जा मगरले सबै सहयोगिहरुलाई धन्यबाद दिदै राष्ट्रका लागि खेल स्बास्थका लागि खेल मात्रै नभएर समाजका लागि समेत खेलको महत्व रहेको बताउदै आगामी दिनमा पनि निरन्तरता दिने बताए ।
कार्यक्रम संचालक रामहरी खापङगी र महेन्द्र खापङगीले पालै पालो चलाएको थियो कार्यक्रममा स्वागत मन्तब्य क्लबका सदास्य सन्तोष गुरुङले गर्नु भएको थियो भने फाइनल गमेमा रेफ्री रत्नसिङ बस्नेत र देबेन्द्र खत्री पुरस्कार बितरणमा प्रमुख अथिति सुभास लामिछने,क्लबका अध्यक्ष दीपक बुर्जा मगर,रत्नसिङ बस्नेत र महेन्द्र भण्डारीले गर्नु भाएको थियो ।
प्रतियोगितामा मुख्य रेफ्रीको भुमिकामा गल्कोट स्पोर्ट्स क्लवका संरक्षक तथा नेपाल भलिबल संघ जापान शाखाका अध्यक्ष रत्नसिंह बस्नेत थिए । खेल तोसिमा कु मा सम्पन्न भएको थियो ।