शुक्रबार, चैत १६, २०८०

बाँके बर्दिया समाज जापानद्धारा टोकियोमा स्नुकर च्याम्पियन कार्यक्रम गर्दै

टोकियो । जापानमा पहिलो पटक आगामी नोभेम्बर १४ र १५ तारिख बाँके बर्दिया मैत्री समाज जापानले नेपाली समुदायमा स्नुकर च्याम्पियन कार्यक्रम आयोजना गरेको छ ।
स्नुकर लाउन्ज ८८४८ क्याफे सिनओकुवोले सह आयोजना गरेको कार्यक्रमको संयोजकमा प्रशान्त तामाङ् तथा सदस्यहरुमा बिनोद ओली,सन्तोष पाण्डे,लोकेन्द्र जंग कुँवर,दिब्य धौगोडा, रेशम केसी,सरद पुन रहेका छन् । उक्त स्नुकर च्याम्पियनका लागि काभ्रेली समाज जापानले सहयोग गरेको आयोजना समितिका सदस्य सन्तोष पाण्डेले जानकारी दिनुभयो । उक्त कार्यक्रमलाई गाउँले रेस्टुरेन्ट र शाही डाइनिङ् बारले प्रयोजन गरेको छ ।
कार्यक्रम स्नुकर लाउन्ज ८८४८ क्याफे सिनओकुबोमा संचालन हुने जनाएको छ ।