शुक्रबार, बैशाख ०७, २०८१

अनलाईन कक्षा धमाधम शुरू,शुल्क पनि अनलाईनबाट नै बुझाउन सकिने

काठमाण्डाै, अहिलेको कठीन समयलाई मध्यनजर गर्दै डिफेन्स करिअर एकेडेमी नेपालले  अनलाईन कक्षा शुरु गरेको छ । सुरक्षा निकायका विभिन्न पदहरुमा सेवा प्रवेश गर्ने विद्यार्थीहरुको लागि कक्षा शुरु गरेको हो । अहिले देशभरमा जुन ठाउँमा विद्यार्थी भएपनि अनलाईन माध्यमबाट सहजै रुपमा कक्षा लिन सक्ने छन् । विद्यार्थीहरुको सजिलोको लागि शुल्क पनि अनलाईन माध्यमबाटनै बुझाउन सकिने कुरा संस्थाका प्रशासन निर्देशक पूर्व प्रहरी उपरीक्षक गोविन्द प्रसाद पौडेलले बताउनुभयो । अनलाईन बैंकिङ्ग तथा मोवाईल बैंकिङ्ग सुविधाबाट पनि सजिलै शुल्क भुक्तानी गर्न सकिने छ । पछिल्लो समय इसेवा तथा खल्ती जस्ता मोवाइल एपहरुसँग सम्झौता गरि एपमा रहेको डिक्यानको एकाउन्टबाट भर्ना शुल्क सजिलै भुक्तानी गर्न सकिने बताउनुभयो ।

संस्थाले पछिल्लो समयदेखि नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका प्राविधिक र अप्राविधिक तर्फका सम्पूर्ण पदहरुको लागि जागिर खान इच्छुक तथा योग्यता पुगेका क्षमतावान युवाहरुलाई शारीरिक अभ्यास, लोक सेवा आयोगद्धारा लिइने लिखित परीक्षा, व्यक्तित्व विकासका साथै अन्तर्वार्ताको लागि प्रशिक्षण गर्दै आईरहेको छ । विगतमा सुरक्षा निकायका विभिन्न पदहरु सैनिक अधिकृत, इन्सपेक्टर, अनुसन्धान अधिकृत, असई, सैन्य, जवान लगाएत अन्य पदहरुमा हजारौँको संख्यामा युवाहरुलाई सेवा प्रवेश गराउन सफल भइसकेको छ ।

साथै पछिल्लो पटक सैनिक स्टाफ कलेज तयारी कक्षा, स्याट, प्रि(स्याट लगाएतका व्यवसायिक कोर्स पनि गराउँदै आएको छ । पिछडिएको क्षेत्र, महिला, मधेसी, जनजाति, दलित साथै आर्थिक रुपमा विपन्न वर्गहरुलाई विशेष छात्रवृत्तिको व्यवस्था गरि वढि भन्दा वढि युवाहरुलाई प्रशिक्षण गराउँदै आइरहेको छ ।

सुरक्षा निकायमा सेवा प्रवेशको लागि चारवटै सुरक्षा निकायका पूर्व प्रमुखहरु तथा बरीष्ठ अधिकारी समेतको प्रयासमा एउटा सेवामुखी र व्यवसायिक संस्थाको रुपमा डिक्यानको स्थापना गरिएको हो । संस्थाको संरक्षक नेपाली सेनाका पूर्व प्रधानसेनापनि रुकमाङ्गत कटवाल हुनुहन्छ भने सह–संरक्षकमा सशस्त्र प्रहरी बलका पूर्व महानिरीक्षक शैलेन्द्र कुमार श्रेष्ठ हुनुहन्छ । संस्थामा चारवटै सुरक्षा निकायबाट अवकाश प्राप्त गर्नुभएका उच्च पदस्थ व्यक्तित्वहरुको संलग्नता रहेको छ ।

“सुरक्षा निकायहरु राज्यका अति संवेदनशील निकायहरु हुन्, यसमा दक्ष तथा योग्य व्यक्तिहरुको आवश्यकता रहेको हुन्छ । यहि विषयलाई मध्यनजर गर्दै हामीले अवकाश पछि आफ्नो अनुभवलाई युवाहरुमा साट्दै क्षमतावान बनाएर यी संगठनहरुमा सेवा प्रवेशको लागि योग्य बनाउँदछौँ ।” कुनै पनि विद्यार्थीले आर्थिक अभावकै कारणले प्रशिक्षबाट वञ्चित रहनुपर्दैन । संस्थाले स्थापनादेखिनै आर्थिक रुपमा न्यून आयस्रोत भएका, जेहन्दार, पिछडिएको क्षेत्रका विद्यार्थीहरुको लागि पूर्ण तथा आंशिक शुल्कमा प्रशिक्षण समेत गर्दै आएको छ । संस्थाका अध्यक्ष समेत रहनुभएका पूर्व प्रहरी वरिष्ठ उपरीक्षक गुप्त बहादुर श्रेष्ठ बताउनुभयो ।

संस्थाका सल्लाहकार तथा पूर्व जनरल भरत बहादुर रायमाझी सुरक्षा अधिकृतमा तयारी गर्न आउने विद्यार्थीहरुलाई आफैँले प्रशिक्षण दिनुहुन्छ । सेवा प्रवेश गर्नुभन्दा अगाडि नै धेरै कुराहरु सिकाइने हुँदा डिक्यानमा तयारी गर्ने विद्यार्थीहरु संगठनमा प्रवेश गरिसकेपछि पनि सबैकुरामा अब्बल हुन्छन् । सुरक्षा निकायमा प्रवेश पश्चात कठीन आधारभुत तालीमहरु हुन्छन् । जसमा शारीरिक साथै मानसिक रुपमा योग्य व्यक्तिले मात्रै त्यस्ता तालीमहरु कुशलतापूर्वक सम्पन्न गर्न सक्दछन् । राष्ट्र सेवामा समर्पित हुन्छु भनेर सेवा प्रवेशको तयारीमा आउने विद्यार्थीलाई संगठनमा रहँदाको हाम्रो लामो अनुभव साट्न पाउनु सुखद कुरा हो ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. राजेन्द्र के.सी. ले कुनै पनि युवाहरुलाई क्षमता पहिचान गरि आवश्यक र सहि तवरबाट मार्गदर्शन गर्ने हो भने छोटो समयमा उनीहरुको उज्ज्वल भविष्यको लागि मार्गप्रशस्त गर्न सकिन्छ । साथै युवाहरुलाई जुनसुकै पेशा व्यवसायमा लाग्ने हो भने पनि सल्लाह र सुझाव दिनको लागि डिक्यान सदैव तयार रहेको कुरालाई प्रष्ट पार्नुभयो ।

यहाँ अनुभव प्राप्त नेपाली सेना, प्रहरीका अवकाश प्राप्त उच्च पदस्थ अधिकारीहरु, लगाएत अनुभवि विषय विज्ञहरुद्धारा सेवा प्रदान गरिने हुँदा यसले विद्यार्थीहरुमा उच्च मनोबल बनाउँछ । यहाँ अध्ययन गरि छनौट परीक्षामा सहभागी हुने विद्यार्थीले उच्च स्थान हासिल गर्न सफल भएका छन् । साथै यहाँ तालिम लिने विद्यार्थीहरु सुरक्षा निकायमा प्रवेश गरेपश्चात पनि धेरै राम्रो गर्न सक्ने कुरा संस्थाका प्रबन्ध निर्देशक उदय राज ढकालले बताउनुभयो ।