शुक्रबार, चैत १६, २०८०

जापानवाट गौचनको पहलमा अशक्त र श्रमिकलाई खाद्यान्य सहयोग

टोकियो । जापानवाट नेपाली राष्ट्रिय टोलीका पूर्व खेलाडी बसन्त गौचनको पहलमा आर्थिक संकटमा रहेका अशक्त परिवार र श्रमिकहरुलाई खाद्यान्य सहयोग गरिएको छ ।

बुढानिलकण्ठ नगरपालिकाका अशक्त परिवार र श्रमिकहरुलाई खाद्यान्य सहयोग वितरण गरिएको हो ।

जापानमा रहेका गौचनले उनकै सक्रियतामा रहेको नेपाएज संस्थाको तर्फबाट फुड बैंक मार्फत बुढानिलकण्ठमा सहयोग गरेका हुन् । बसन्त गौचन अध्यक्ष र प्रकाश तुलाचन उपाध्यक्षसहित १० जनाको टोलि रहेको नेपाल युथ सकर प्रोजेक्टमार्फत सहयोग उपलब्ध गराइएको हो । बुढानिलकण्ठ युवा समाजका अध्यक्ष बिजेन्द्र पुडासैनीका अनुसार गत मंगलबार फुड बैंक मार्फत अशक्त ६३ परिवार र श्रमिक ६५ सहित कुल १ सय ३५ परिवारलाई खाद्यान्य सहयोग गरिएको हो ।

बुढानीलकण्ठ नगर वडा–५ मा दैनिक मजदुरी गर्ने श्रमिक र वडा–४ शारीरिक अशक्त भएकाहरुलाई खाध्य सामग्री वितरण गरिएको हो । खाद्यान्यमा चामल, तेल, दाल, नुन, मस्यौरा, चाउचाउ लगायत सामग्री छन् । एक परिवारलाई एक सातासम्म पुग्ने गरि सामग्री वितरण गरिएको थियो ।