विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल ‘एप्पल’

एजेन्सी । अमेरिकी कम्पनी एप्पल विश्वकै सबैभन्दा मूल्यवान कम्पनी बन्न सफल भएको छ । एप्पलको शेयर मूल्यमा शुक्रबार ७.१ प्रतिशतको कीर्तिमानी वृद्धि भयो । कम्पनीको त्रैमासिक रिपोर्टमा उत्साहजनक तथ्यांक सार्वजनिक भएसँगै एप्पलको शेयरमा उछाल आएको हो ।

कोरोना भाइरसको महामारीका कारण विश्वभर तेलको मागमा भारी गिरावट आएको छ र त्यसको असर साउदी अरबको सरकारी तेल कम्पनी अराममा पनि परेको छ ।
कोरोना भाइरस महामारीका कारण तेलको मागमा भएको गिरावट र एप्पलको शेयर मूल्यमा आएको बढोत्तरीका कारण अन्ततः एप्पल अरामलाई पछि पार्दै विश्वकै नम्बर वान कम्पनी बनेको हो ।
गत जून महिनामा एप्पलको बजार मूल्य पहिलोपटक १.५ ट्रिलियन डलर पुगेको थियो । शेयर मूल्यमा आएको पछिल्लो उछालसँगै एप्पलको बजार मूल्य १.७८६ ट्रिलियन डलर भएसँगै अरामलाई पछि पारेको हो । एप्पल कम्पनीको हालै सार्वजनिक रिपोर्ट अनुसार सन् २०२० को तेश्रो त्रैमासिकमा कम्पनीको आम्दानीमा ११ प्रतिशतले वृद्धि भई ५९ अर्ब ७० करोड डलर पुगेको छ । त्यसमध्ये कम्पनीको मुनाफा मात्रै ११ अर्ब २५ करोड डलर रहेको छ ।

विश्वमा कोरोना भाइरस महामारी चलिरहेको बेला एप्पलका सबै सामानहरुको बिक्रीमा गिरावट विज्ञहरुको प्रक्षेपण विपरीत यस अवधिमा आइप्याड तथा म्याकको बिक्री ह्वात्तै बढेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: