श्रीमतिले मृगौला दिएर त बचाईन,लकडाउनले पिडा भने उस्तै

सत्यमा आधारित लघु कथा
-कविकिरण न्यौपाने,जापान । सुःख दुःखमा कहिलैं साथ नछोडने कसम खाएर एक भएका थिए उनिहरु । सायद त्यसैले श्रीमान् आफ्नी श्रीमति अनि लालाबालालाई छोडेर धन कमाउन मलेसिया पुग्छन । काम गर्ने क्रममा स्वास्थ्यमा समस्या आएपछि केहि समयपछिनै नेपाल फर्कन वाध्य हुन्छन उनि । यो कथा गैंडाकोट नगरपालिका वडॉ नं. १ का गोविन्द्र कँडेलको हो । आर्थिक अवस्था कमजोर भएर रोजगारीको लागि मलेशिया गएर नेपाल फर्के पछि जव काठमाडौंमा उनको स्वास्थ्य परिक्षण भयो तब मात्र थाह भयो कि उनको दुवै मृगौला फेल भईसकेको रहेछ ।

ऋण गरेर खर्च जुटाउदै श्रीमतिले यौट्टा गृगौला दिएपछि गोविन्द्रले पुनरजिवन पाएका छन्। गोविन्द्र भन्छन उनि मेरी जिवनसाथी मात्र होईनन्, भगवान भएर आएकीछिन् । गैंडाकोटको कालिका मन्दिर फेदीमा सामान्य घर भएको उनको परिवारलाई यति वेला थप पिडा थपिएको छ । गृगौला फेरेपछि गुजारा चलाउन कँडेल श्रीमति संगै कालिका मन्दिरकै फेदिमा एक टहरोमा पूजा सामाग्रीको सानो पसल चलाउन लागे। तर यतिवेला कोरोना भाईरसका कारण लकडाउनको अवस्था छ , मानिसहरुको चहलपहल नभएपछि ३ महिना देखि उनको उक्त पसल पनि बन्द हुन पुग्यो।
खान लाउन पनि धौं -धौं हुने हाम्रो परिवारमा यत्रो ब्रज्रपात भयो , महिनाको १५- २० हजार श्रीमानको औषधी खर्चमा जान्छ , भावुक हुँदैं सुनिताले भनिन । ६वर्षकी एक छोरी र २ वर्षको एक छोरा छन् , मैले श्रीमान् लाई मृगौला दिएपनि मेरो स्वास्थ्यमा त समस्या छैन, तर के गर्नु आर्थिक अभावका कारण जिवन धान्ननै मुस्किल छ सुनिता भन्छिन । हामीहरु यतिबेला यति ठूलो समस्यामा छौं ।
तपाईहरुको सानो मात्र सहयोग पनि हाम्रा लागी ठूलो हुन्छ , त्यसैले सबैमा सहयोगका लागी कँडेल दम्पत्तीले अनुरोध गरेका छन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया