Nepali date


सोमवार, जेष्ठ १२, २०७७

सीजीटीएनले आफ्नो गल्ती सच्यायो : सगरमाथा नेपाल-चीन सिमानामा

एजेन्सी । सगरमाथाका बारेमा गरेको आफ्नो दावी चीनको सरकारी सञ्चारमाध्यम चाइना ग्लोबल टेलिभिजन नेटवर्क सीजीटीएन ले आइतबार सगरमाथा तिब्बतको भूभाग रहेको दाबीबाट पछि हट्दै यसलाई नेपाल चीन सिमानामा रहेको भन्दै सच्चाएको छ ।

ट्वीटरमा आफ्नो गल्ती सच्याउने क्रममा सीजीटीएनले फेरि लेख्यो, ‘शनिबार माउन्ट एभरेस्ट समेत भनेर चिनिने माउन्ट झ्यामोलुङमा, नेपाल–चीन सीमानामा अवस्थित विश्वकै सर्वोच्च शिखरमाथिको आकाशमा सूर्यमा देखिएको अद्भूत गरेको छ ।  चीनको सरकारी संचारमाध्यमले यो ट्वीट सच्याउनु आफैंमा अर्थपूर्ण छ । नेपालमा चीन विरोधी भावना बढ्दै जाँदा चीनले हतार हतार यो ट्वीट सच्याएर सगरमाथामाथिको एकलौटी दावी छोडेको हो ।

नेपाली संचारमाध्यम र सामाजिक संजाल प्रयोगकर्ताले चीनले सगरमाथालाई आफनो भनेकोमा आपत्ती जनाउँदै प्रतिवादमा उत्रिएपछि चीन पनि यसलाई सुधार्न वाध्य भएको हो । यसअघी शनिवार सीजीटीएनले आफ्नो सोहि ट्वीटर ह्यान्डलमा केही तस्विर राख्दै लेखेको थियो, ‘शनिबार माउन्ट एभरेस्ट समेत भनेर चिनिने माउन्ट झ्यामोलुङमा, चीनको तिब्बत स्वायत्त प्रदेशमा अवस्थित विश्वकै सर्वोच्च शिखरमाथिको आकाशमा सूर्यमा देखिएको अद्भूत घेरा । चीनले पुरानो ट्वीटलाई सच्याएपनि नेपाली भूभागमा रहेको विश्वकै सर्वोच्च शिखरबारे गरिएको मिथ्या दावीसहितको प्रचारका लागि भने सामान्य माफी समेत मागेको छैन ।

सगरमाथा नेपालमा रहेको तथ्य युनेस्कोको आधिकारिक दस्तावेजमा रहेको हेर्न भन्दै कतिपयले सीजीटीएनले आफ्नो पुरानो भनाइलाई पूर्ण रुपमा सच्चाएको रुपमा भन्न उसकै ट्वीटर ह्यान्डलमा गएर बताएका छन् । @ pis-news.cn

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: